IME Life New

रुसी हीरामाथि प्रतिबन्ध लगाउने तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुसी हीरामा प्रतिबन्ध लगाउने तयारी भइरहेको छ।

युरोपेली संघ (ईयू) र जी–७ राष्ट्रहरुले रुसी हीरामा प्रतिबन्ध लगाउने योजना बनाइरहेका हुन्। रुस विश्वमा रफ डायमन्डको सबैभन्दा ठूलो उत्पादक हो।

Esewa
Crest

गत वर्षदेखि रुस र युक्रेनबीच युद्ध चलिरहेको छ। युक्रेनमाथि आक्रमण गरेकै कारण रुसमाथि थुप्रै प्रतिबन्ध लगाइएको छ।

विभिन्न किसिमका प्रतिबन्धबीच रुसले हीरा निर्यात भने जारी राखेको हो। हीराको व्यापारबाट हुने आम्दानी रुसले युद्धमा लगाउन सक्ने विभिन्न राष्ट्रहरुले आरोप लगाइरहेका छन्। यसबीच इयू र जी–७ राष्ट्रले रुसी हीरामाथि प्रतिबन्ध लगाउने योजना बनाइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS