IME Life New

रुसविरुद्ध अमेरिकाको यो कदमले भारतलाई झट्का, यी देशलाई फाइदा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युक्रेन र रुसबीच जारी युद्धबीच अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकाले रुसमाथि लगाएको नयाँ प्रतिबन्धमा भुक्तानी प्रणाली, वित्तीय संस्था र ऊर्जा उत्पादन समावेश छ।

रुसविरुद्ध अमेरिकाको यो कदमले भारतलाई पनि असर गर्नेछ। अमेरिकी नयाँ प्रतिबन्धका कारण रुसबाट कोइला आयात गर्न कठिनाइ हुने कोइला व्यापारीहरुले बताएका छन्। सन् २०२२ अघि रुसले भारत र अन्य दक्षिण एसियाली देशहरुमा निकै थोरै मात्रामा कोइला निर्यात गर्दथ्यो तर युक्रेनसँगको युद्धका कारण अमेरिकालगायत अन्य पश्चिमी मुलुकले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए। त्यसपछि रुसले दक्षिण एसियाली देशहरुमा कोइला निर्यात बढाएको थियो।

Esewa
Crest

नयाँ प्रतिबन्धको घोषणापछि प्रमुख कोइला व्यापारीहरुले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भने कि नयाँ अमेरिकी प्रतिबन्धले रुसबाट कोइला आयातमा कटौती गर्ने सम्भावना छ। एक प्रमुख भारतीय कोइला व्यापारीले भने, ‘अमेरिकी नयाँ प्रतिबन्धपछि कुनै ठूलो भारतीय कम्पनीले रुसी कार्गो किन्ने मलाई लाग्दैन।’ अर्का भारतीय व्यापारीले कोइला ढुवानी अझै नरोकिए पनि मानिसहरु रुसी कार्गो किन्न हिचकिचाउने बताए।

नयाँ अमेरिकी प्रतिबन्धले इन्डोनेसिया, अष्ट्रेलिया र दक्षिण अफ्रिकाजस्ता अन्य कोइला निर्यात गर्ने देशहरुलाई फाइदा पुर्याउन सक्छ। यद्यपि, रुसको सबैभन्दा ठूलो कोइला उत्पादक र निर्यातकर्ता एसयूईकेबाट यसबारे कुनै प्रतिक्रिया आएको छैन। भारतको व्यापार मन्त्रालयले पनि यी प्रतिबन्धका असरबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन तर बुधबार तेल मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा रुससँगको दीर्घकालीन सम्बन्धका बारेमा टिप्पणी गरिएको छ।

कन्सल्टेन्सी बिगमिन्टका अनुसार सन् २०२३ मा रुसी थर्मल कोइलाको आपूर्ति १९ प्रतिशतले बढेको छ। सन् २०२३ मा भारतले जति मात्रामा इन्धन आयात गरेको थियो, त्यसमध्ये करिब ६ प्रतिशत अर्थात् १०.०६ मिलियन मेट्रिक टन इन्धन रुसबाट आयात भएको थियो। रुस–युक्रेन युद्धपछि रुस भारतलाई सबैभन्दा बढी तेल आपूर्ति गर्ने देश बनेको छ। तर, अमेरिकी प्रतिबन्धका कारण भारतले रुसबाट तेल आयात गर्न पनि कठिनाइको सामना गरिरहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS