IME Life New

रिलायबल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्न कार्यालय पुग्नु नपर्ने, गर्यो सेलपेसँग सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्न अब बैंक तथा कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राख्दै बीमा प्रिमियमको डिजिटल भुक्तानीको लागि भुक्तानी सेवा प्रदायक सेलकमको सेलपे सेवासँग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र सेलकमका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

Esewa
Crest

सम्झौतापछि रिलायबल लाइफका ग्राहकहरुले सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी घरबाटै डिजिटल भुक्तानी गर्न सक्नेछन् । बीमा प्रिमियम तिर्नका लागि सेलपेमा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने कम्पनीले बताएको छ ।

यसका लागि सेलपेमा लगइन गरि बीमा अप्सनमा क्लिक गरी रिलायबल लाइफ छनौट गर्नुपर्ने छ । त्यसपछि आफ्नो पोलिसी नम्बर र जन्म मिति राखे पश्चात आफ्नो बीमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन थिच्नुपर्ने छ । त्यसपछि आफ्नो बीमा प्रिमियम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS