IME Life New

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको खूद बीमा शुल्क आम्दानी ४१% ले बढ्यो, जीवन बीमा कोषमा डेढ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको चालु आर्थिक वर्षको वित्तीय विवरण आज सार्वजनिक भएको छ । सो कम्पनीले तीन महिनामा मुनाफा र खुद बीमा शुल्क आर्जनमा ठूलो प्रगति गर्न सफल भएको छ । कम्पनीले चालु आवको तीन महिनामा ५४ करोड ६३ लाख ९१ हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा ३८ करोड ७६ लाख रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेकोमा यस वर्ष झण्डै ४१ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

समीक्षा अवधीमा कम्पनीले ५५ करोड ७४ लाख ६० हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको अघिल्लो वर्ष कूल बीमा शुल्कको आकार ३९ करोड ११ लाख ६२ रुपैयाँ रहेकोमा यस वर्ष उल्लेख्य बृद्धि गर्न सफल भएको हो ।

Esewa
Crest

प्रथम त्रैमासमा रिलायबल लाईफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोषको आकार डेढ अर्बभन्दा ठूलो बनाउन सफल भएको छ । एक अर्ब ४० करोड चुक्ता पुँजि भएको कम्पनीले एक अर्ब ५१ करोड ५२ लाख रुपैयाँ जीवन बीमा कोषमा संचिती गरेको छ । रिलायबल नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबै कोषहरुको आकार बृद्धि गरी महाविपत्ति कोषमा छ करोड ३८ लाख, जगेडा कोषमा ६९ करोड ९५ लाख सहित जीवन बीमा कोष गरी कूल कोषको आकार दु्ई अर्ब २७ करोड ८५ लाख संचिती गरेको छ ।

कम्पनीले समीक्षा अवधीमा छ करोड ५९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधीमा कम्पनीको मुनाफा केही बृद्धि भएको छ । गत वर्ष पाँच करोड ८१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्नमा वित्तीय विवरणमा प्रकाशित मुनाफामा हेरफेर हुनसक्नेछ ।

कम्पनीले समीक्षा अवधीमा २२ लाख ९ हजार ३६९ वटा बीमा पोलिसी सक्रिय रहेको जनाएको छ । उक्त बीमा पोलिसीभित्र म्यादी जीवन बीमाका पोलिसीहरु समेत समावेश छन् । बीमा पोलिसी संख्याको आधारमा रिलायबल नेपाल लाईफ इन्स्योरेन्स सबैभन्दा धेरै बीमा पोलिसी जारी गर्ने कम्पनी हो । कम्पनीले समीक्षा अवधीमा १९ करोड १५ लाख २८ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ ।

आईपिओ निष्काशन गर्ने तयारीमा रहेको रिलायबल नेपाल लाईफको हालको चुक्ता पुँजि एक अर्ब ४० करोड रुपैयाँ रहेको छ । कम्पनीले आगामी मंसिर महिनाभित्रैमा ६० करोड रुपैयाँको ६० लाख कित्ता आईपिओ जारी गर्ने तयारी गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS