IME Life New

रिलायबल नेपाल लाइफले लगातार दोश्रो पटक पायो त्रिपल बि प्लस रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनी रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लगातार दोश्रो पटक त्रिपल बि प्लस रेटिङ पाएको छ। रेटिङ एजेन्सी केयर रेटिङ नेपालले गरेको वित्तीय सबलता मूल्याङ्कनका आधारमा रिलायबल नेपालले लगातार चाैथो पटक त्रिपल वा त्योभन्दा माथिल्लो स्तरको रेटिङ पाएको हो ।

केयर रेटिङका अनुसार यो रेटिङ प्राप्त शेयर जारीकर्ता कम्पनीले पूर्व निर्धारित समयमै वित्तीय दायीत्व पुरा गर्ने सन्दर्भमा मध्यमस्तरको सुरक्षा सुनिश्चित गरेको हुन्छ। नेपालमा यस्तो कम्पनीले मध्यम स्तरको वित्तीय जोखिम धारण गरेको हुन्छ।

Esewa
Crest

सर्वसाधारणमा शेयर निष्काशन गरेको रिलायबल नेपालले अगस्त २०२१, अगस्त र २०२२ मा त्रिपल बि रेटिङ तथा जुन २०२३ अनि जुलाई २०२४ मा त्रिपल बि प्लस रेटिङ पाएको छ। त्रिपल बि को तुलनामा त्रिपल बि प्लस रेटिङले अझै सुदृढ वित्तीय अवस्थालाई जनाउँछ ।

कमिशन र खर्च अनुपातमा नियन्त्रणसँगै लगानीमा प्राप्त प्रतिफलका कारण स्थिर नाफाले आर्थिक वर्ष २०७९।८० को सन्तोषजनक वित्तीय कारोबारले रेटिङको निरन्तरतामा बल पुगेको रेटिङ एजेन्सीले विज्ञप्तीमा उल्लेख गरेको छ ।

अघिल्लो आवमा यस इन्स्योरेन्सको बीमाशुल्क संकलन प्रथम बीमाशुल्क आम्दानीका कारण जीवन बीमा कम्पनीहरूको औसत बराबर रह्यो । रेटिङ एजेन्सीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार समिक्षा अवधिमा गत आर्थिक वर्ष २०८०।९१ मा तेश्रो त्रैमाससम्मको अवधिमा प्रथम बीमाशुल्क आम्दानीमा केही सुधार देखिएको थियो ।

अघिल्लो आव २०७९।८० मा कायम सोल्भेन्सी अनुपात गत आवको तेश्रो त्रैमासिकसम्ममा साधारण शेयर बाँडफाँडपछिको सुदृढ पूँजीकरण र बढ्दो लगानी आधारका कारण सोल्भेन्सी अनुपात अझै सुधार भएको छ।

जीवन बीमा कोषको अधिकांश हिस्सा मुद्दती निक्षेपमा रहेकाले तरलताका लागि सर्वसाधारणमा शेयर निष्काशनको समय एकदमै उपयुक्त रहेको उल्लेख गर्दै केयर रेटिङले दीर्घकालीन मुद्दती निक्षेपले निकट भविष्यमा इन्स्योरेन्सको लगानीमा प्रतिफल वृद्धि गर्ने समेत उल्लेख गरेको छ ।

अनुभवी सञ्चालक, व्यवस्थापन समिति, पर्याप्त पुनर्बीमा व्यवस्था र पर्याप्त शाखा सञ्जाल पनि यो इन्स्योरेन्सको सबल पक्षका रूपमा एजेन्सीले उल्लेख गरेको छ।

बीमितको जोखिम बाँडफाँडका लागि हनोभर रिइन्स्योरेन्स, नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्ससँग पुनर्बीमा सम्झाैता गरेको छ। आव २०७९।८० मा बीमाशुल्क आम्दानीमध्ये १ अर्ब ८८ करोड ८० लाख रूपैयाँ बीमाकोषमा थपेर कोषको आकार ७ अर्ब ३९ करोड रूपैयाँ पुर्‍याउन सफल भयो । महाविपत्ती कोष पनि १२ करोड १० लाख रूपैयाँ रहेको थियो । गत चैत्र मसान्तसम्ममा यसको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रहेको छ।

न्यूनत्तम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ कायम गर्नुपर्ने भएकाले यसले पुनः बोनश शेयरमार्फत चुक्ता पूँजी थप्नुपर्नेछ।

गत आवको चैत्र मसान्तसम्ममा कुल १५ अर्ब ६१ करोड ५० लाख रूपैयाँ लगानीमध्ये ७६ प्रतिशत रकम मुद्दती निक्षेपमा छ। यसले पर्याप्त तरलता सुनिश्चित गरेको छ। औसत १०.७४ प्रतिशत प्रतिफल प्राप्त गरेको यो इन्स्योरेन्सले लगानीमाथिको प्रतिफललाई अघिल्लो आवको तुलनामा ६० प्रतिशतले वृद्धि गर्दै ९३ करोड ७० लाख रूपैयाँ पुर्‍याएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

94%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

6%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS