IME Life New

रिलायबल नेपाल लाइफद्धारा ५ लाख १६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको शाखा कार्यालय मन्थलीले लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीका काधर्मेन्द्र श्रेष्ठको परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले बीमा वापतको ५ लाख १६ हजार रुपैयाँको (बोनश सहित) चेक मृतककी श्रीमती सिता श्रेष्ठलाई हस्तान्तरण गरेको हो । मृतक श्रेष्ठले २०७८ साल बैशाख २२ गते कम्पनीको शाखा कार्यालय मन्थलीमा रिलायबल सुलभ जीवन बीमा योजना खरिद गरेका थिए ।

Esewa
Crest

उक्त रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड शाखा कार्यालयका शाखा प्रबन्धक सन्तोष श्रेष्ठ, वडा सदस्य विजय श्रेष्ठ, स्थानिय शिक्षक, बुद्धिजीवि समाजसेवी तथा स्थानीयबासीको सहभागिता मृतकको घर लिखु तामाकोशी गाउँपालिका वडा नं ६ खिम्तीमा गई मृतककी श्रीमतीलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

बीमित श्रेष्ठको २०७८ साल असार २२ गते २८ वर्षको उमेरमा असहमायिक निधन भएको थियो । उनले ५ लाख रुपैयाँको बीमा गरेको थिए । उनले पहिलो किस्ता वापत २८ हजार ३ सय ७० रुपैया कम्पनीमा बुझाएका थिए । । सोहि अनुसार कम्पनीले बीमितको सामान्य मृत्युमा हुन आउने बिमाङक रकमको ५ लाख र बोनश १६ हजार रुपैयाँ गरी कुल ५ लाख १६ हजार रुपैयाँ मृतककी श्रीमती सिता श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।

२ अर्ब २० करोड रुपैयाँ अधिकृत पूँजी भएको कम्पनीले देशभरका ८२ वटाभन्दा बढी शाखा तथा उपशाखा विस्तार गरी सुगमदेखि दुर्गम ठाउँमा गई आफ्ना बीमितहरुलाई सरल, सहज तथा भरपर्दो बीमा सेवा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS