IME Life New

रिलायबल नेपाल लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रामेछाप । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले एमडिआरटी,एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बनेपा रिजन अन्तर्गत दोलखा सिन्धुली र रामेछाप शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुलाई रिफ्रेसमेन्ट तथा मोटिभेसन तालिम दिएको हो ।  कार्यक्रममा रिलायबल नेपाल लाइफमा आबद्ध १२० जना अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

जिल्ला सदरमुकाम मन्थलीको फ्रीडम रेसोर्टमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले शनिबार शाखामा आवद्ध आफ्ना नयाँ तथा पुराना अभिकर्तारुलाई एकदिने पुनर्ताजकिय तथा उत्प्रेरणा तालिम दिएको हो ।

Esewa
Crest

कार्यक्रममा बनेपा रिजनका रिजनल म्यानेजर राजकुमार गिरीको अध्यक्षता,कम्पनीका वरिष्ठ प्रबन्धक कल्याण राज हलवाइको प्रमुख आतिथ्यता तथा प्रशिक्षक विजयराज सिग्देलको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा मन्थली क्याम्पसका प्रमुख ब्रह्मकुमार डा.भरत कुमार श्रेष्ठ लगायत दोलखा सिन्धुली रामेछापका अभिकर्ताहरु को सहभागिता रहेको थियो। कार्यक्रममा प्रोग्राम मोटिभेटर बिजयराज सिग्देलले उत्प्रेरणा मुलक जीवन उपयोगी विषय बस्तुहरुको बारेमा प्रस्तुत गरेका थिए ।

त्यस्तै, कम्पनीका बरिस्ठ प्रबन्धक कल्याण राज हल्वाइ रिजनल म्यानेजर राजकुमार गिरि क्याम्पस प्रमुख डा.भरतकुमार श्रेष्ठ लगायतले आफ्नो राख्दै बीमा सम्बन्धि उत्प्रेरणमुलक विषयमा प्रस्तुति राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS