IME Life New

रिलायबल नेपाल लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन, हालसम्म कतिले भरे ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज साउन १० गते अन्तिम दिन रहेको छ । कम्पनीले आफ्नो जारी पूँजी ४ अर्बको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड बराबरको प्रति शेयर अंकित मूल्य एक सय दरमा प्रिमियम बापत १५७ रुपैयाँ थप गरी प्रति कित्ता २५७ रुपैयाँमा आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्काशन गगरेको हो। पहिलो चरणमा १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्काशन गरेको हो ।

Esewa
Crest

त्यस्तै, कम्पनीका अनुसार ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँको दरले कम्पनीका कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ९६ लाख कित्ता साधारण शेयरहरुको प्रारम्भिक सार्वजनिक निष्काशन गरिने छ । सर्वसाधारण लगानीकर्ताको लागि भने मिति तय भएको छैन ।

उक्त आइपीओमा २५ हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अन्तिम तथ्याङक अनुसार कम्पनीको आइपीओमा २५ हजार ५९४ जनाबाट ४७ करोड ६१ लाख २१० रुपैयाँ बराबरको १८ लाख ५२ हजार ५३० कित्ताका लागि आवेदन परेको हो ।

कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS