IME Life New

रिलायन्स लाइफद्वारा सुदुरपश्चिममा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । सो सम्मान कार्यक्रम पुसको पहिलो हप्ता धनगढीमा सुरु भई,लम्की, महेन्द्रनगर हुँदै नेपालगंज पुगेर सम्पन्न भएको हो ।

कार्यक्रम बारे बोल्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेलले भने, “रिलायन्स साथीहरु कम्पनीका मेरुदण्डहरु हुन् । उनीहरुले आफ्नो व्यावसायिक कार्यमा प्रदर्शन गरेको लगनशीलता, मेहनत तथा कार्यकुशलताको हामी हृदयबाटै प्रशंसा गर्दछौं । उनीहरुको अथक परिश्रमले गर्दा यस कम्पनीको व्यापार विस्तारमा टेवा पुगेको छ तसर्थ उनीहरुको योगदानको कदर तथा पहिचान गर्दै हामीले देशभर सम्मान तथा भेटघाट कार्यक्रम आयोजना गर्दै आएका छौँ र यसपाली सुदुरपश्चिमका विभिन्न जिल्लामा अभिकर्ता भेटघाट तथा सम्मानका साथै उनीहरुको सर्वान्गिन बिकासमा पनि सहयोग पुग्नेछ भन्ने हिसाबले प्रशिक्षण पनि प्रदान गरेका छौँ ।”

Esewa
Crest

सो कार्यक्रममा कम्पनीका १०० भन्दा बढी अभिकर्ताहरु ’रिलायन्स साथी’ हरुलाई उत्कृष्ट व्यवसायिक प्रदर्शन गरिए बापत सम्मान गरिएको थियो । उक्त कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल ,चिफ विजिनेश अफिसर सुर्य प्रकाश गुप्ता ,चिफ विजिनेश अफिसर सन्दिप कसजु तथा कम्पनीका स्थानीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS