IME Life New

रिलायन्स क्यापिटल डुबेपछि रिलायन्स निप्पाेन लाइफकाे अस्तित्वलाई लिएर क्यानेडाली लगानीकर्ता चिन्तित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । निप्पन लाइफ इन्स्योरेन्सले भारतीय जीवन बीमा कम्पनी रिलायन्स निप्पोन लाइफ इन्स्योरेन्स कम्पनीमा रिलायन्स क्यापिटलको सेयर किन्न रणनीतिक साझेदार खोजिरहेको छ ।आर्थिक रूपमा संकटमा परेको रिलायन्स क्यापिटलको प्रशासकलाई प्रमुख साझेदार निप्पनले आवश्यक लगानी जुटाउनकाे लागी अर्काे साझेदारकाे खाेजी भइरहेकाे जानकारी गराएकाे हाे ।

निप्पन लाइफले रिलायन्स निप्पन लाइफलाई अन्य कुनै भारतीय जीवन बीमा कम्पनीसँग गाभ्न नदिनका लागी हरसंभव प्रयास गरिरहेकाे, भारतीय अनलाइन समाचार हिन्दू बिजनेस लाइनले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ।

Esewa
Crest

रिलायन्स निप्पन लाइफ इन्स्योरेन्स रिलायन्स क्यापिटल र निप्पन लाइफ बीचको ५१:४९ को संयुक्त उद्यम हो। ऋणमा डुबेको रिलायन्स क्यापिटलका ऋणीहरूले आदित्य बिरला क्यापिटललाई रिलायन्स निप्पोनमा भएकाे आफूहरुकाे ५१% सेयर अधिग्रहण गर्न स्वीकृति दिएका छन्।

आदित्य बिरला क्यापिटल दुई बीमा कम्पनी – आदित्य बिरला हेल्थ इन्स्योरेन्स र आदित्य बिरला सन लाइफ इन्स्योरेन्सको प्रवर्द्धक हो । याे दुबै कम्पनी आदित्य बिरला समूह र क्यानेडाको सन लाइफ फाइनान्सियल बीचको ५१:४९ को संयुक्त लगानी हो।
भारतीय बीमा नियामककाे निर्देशनले एकै संस्थालाई समान किसिमकाे व्यापर गर्ने दुईवटा बीमा कम्पनीमा १० प्रतिशत भन्दा बढीको शेयरलगानी गर्न अनुमति दिँदैन। त्यसैले रिलायन्स निप्पन लाइफ इन्स्योरेन्सको लागि आदित्य बिरला क्यापिटलले खरिद गरेमा आदित्य बिरला सन लाइफ इन्स्योरेन्ससँग गाभ्ने सम्भावना छ। मर्ज भएको संस्थामा निप्पोन लाइफको सेयर १५ प्रतिशतसम्म झर्ने स्रोतले बताएको छ ।याे संभावना टार्नका लागी निप्पन लाइफ इन्स्योरेन्स हरसंभव प्रयास गरिरहेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS