IME Life New

रिभर फल्स पावर लिमिटेडको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वैशाख २८ गते देखि रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन गर्दैछ । कम्पनीले प्रति कित्ता अंकित मूल्य रु. १०० दरका २७ लाख ३० हजार कित्ता शेयर मध्ये ५४ हजार ६०० कित्ता अर्थात २ प्रतिशत कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको र १ लाख ३६ हजार ५०० कित्ता अर्थात ५ प्रतिशत साधारण शेयर सामुहिक लगानी कोषहरुमा बाँडफाँड गरी बाँकी रहने २५ लाख ३८ हजार ९०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरिने छ ।

Esewa
Crest

आईपीओमा आवेदन दिने समय :
आईपीओ वैशाख २८ गते देखि जेष्ठ ४ गते सम्म खुल्ने छ । जेष्ठ ४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि जेष्ठ ४ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा जेष्ठ ११ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना एकदमै न्यून जस्तै छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
रिभर फल्स पावर लिमिटेड कम्पनी ऐन, २०६३ बमोजिम मिति २०६१ साल आश्विन १९ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७२ आश्विन १९ गतेदेखि पब्लिक लिमिटेड कम्पनीको रुपमा परिणत भई कारोबार संचालन गर्दै आएको कम्पनी हो।
संस्थाको रजिष्टर्ड ठेगाना : यस कम्पनीकोरजिष्टर्ड कार्यालय काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं २८, कमलादीमा रहेको छ।
जलविद्युत केन्द्र : यस कम्पनीको जलविद्युत उत्पादन केन्द्र संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका वडा नं. ४ र ६ मा रहेको छ ।
परियोजनाको नाम : पिलुवा खोला साना जलविद्युत आयोजना
विद्युत गृह स्थल : संखुवासभा जिल्ला, धर्मदेवी न.पा. वडा नं. ६ मुल सडक बाट ४ कि.मि.को दुरीमा भएको र आयोजनाको सम्पूर्ण संरचना संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिका वडा नं. ४ र ६ मा पर्दछ।


श्रोत नदी : पिलुवा खोला
आयोनाको किसिम : रन अफ रिभर
विद्युत उत्पादन अनुमति प्राप्त मिति : २०७०/११/०४
विद्युत उत्पादन अनुमति वहाल रहने मिति : २१०५/११/०३
उत्पादन हुने सम्भावित मिति : २०७९ असार मसान्त
जडित क्षमता : १०.३० मे.वा
आयोजनाको कुल लागत : रु.१ अर्ब ८६ करोड ३ लाख ३४ हजार
प्रति मेगावाट लागत : रु.१८ करोड ६ लाख १५ हजार
आयोजनाको साधारण लगानी फिर्ता हुनेअवधि : ६.३२ वर्ष
आयोजनाको डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि : १०.२९ वर्ष

पूँजीको अवस्था :
अधिकृत पूँजी : १ अर्ब
जारी पूँजी : ७० करोड
चुक्ता पूँजी: ३५ करोड ७० लाख (आईपीओ निष्काशन अघि )
चुक्ता पूँजी : ७० करोड (आईपीओ निष्काशन पछि )

हाल कम्पनीको चुक्ता पूँजी ३५ करोड ७० लाख रहेको र साधारण शेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पूँजी ७० करोड हुन्छ । आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ५१ प्रतिशत हुने छ भने उद्योग अति प्रभावित तथा प्रभावित क्षेत्रका बासिन्दाको हिस्सा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणहरु साधारण शेयरको हिस्सा ३९ प्रतिशत हुने छ।

संचालक समितिको जानकारी :
कम्पनीको अध्यक्षमा सुभाष अमात्य रहेका छन् । त्यस्तै संचालक समिति सदस्यमा  दिनेश गुरुङ्ग र दिनेश प्रशाद श्रेष्ठ रहेका छन् ।

वित्तीय विवरण :

क्रेडिट रेटिङ्ग :
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेडबाट इस्यूर रेटिङ्ग गराई “CARE-NP BB-(IS) (Double B Minus (Issuer)” रेटिङ्ग प्राप्त गरेकोछ । “CARE-NP BB-(IS) (Double B Minus (Issuer)” ले कम्पनीको वित्तिय दायित्व वहन गर्ने क्षमता औसत जोखिम”Moderate Risk of Default Regarding Timely Servicing of Financial Obligations” रहेको जनाउँदछ ।

आईपीओबाट उठेको पैसा के मा उपयोग गर्दै छ ?

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध :
प्रभु क्यापिटल लिमिटेड , कमलादी, काठमाण्डौं

 

 

 

नोट : लगानी निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS