IME Life New

राष्ट्र बैंकले जारी गर्‍याे साइबर सुरक्षा निर्देशिका, साइबर सुरक्षाकाे सुनिश्चिततामा केन्द्रित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल राष्ट्र बै‌ंकले बैंक तथा वित्तीय संस्थामा विद्युतीय माध्यमबाट हुने काराेबारकाे सुरक्षाकाे लागी साइबर रेलिसेन्स गाइडलाइन्स नामक निर्देशिका जारी गरेकाे छ। निर्देशिकामार्फत् केन्द्रीय बै‌ंकले बैंक,वित्तीय संस्था तथा विद्युतीय भुक्तानी काराेबारमा संलग्न सेवा प्रदायकककाे सूचना प्रविधिकाे सुरक्षा र स्थायीत्वलाई सुनिश्चित गर्ने प्रयास गरेकाे छ।

६५ पृष्ठ लामाे निर्देशिकामा सुशासन, पहिचान, सुरक्षा, निगरानी, प्रतिकृया र पुनरूत्थान, परिस्थितिगत जागरुकता, सिक्ने र विकसित गर्ने शिर्षकमा निर्देशनहरुलाई विभाजन गरिएकाे छ।

Esewa
Crest

निर्देशिकामा साइबर प्रणालीकाे स्थायीत्व सुनिश्चित गर्नका लागी बै‌ंकवित्तीय संस्थाले प्रत्येक विभागबाट प्रतिनिधित्व हुने गरी विज्ञसहितकाे सञ्चालन समिति गठन गर्नुपर्ने प्रावधान छ । इजाजत प्राप्त संस्थाकाे साइबर लचिलोपन ढाँचाले जोखिम न्यूनीकरण र व्यवस्थापन गर्नका लागी प्रत्येककाे भूमिका र जिम्मेवारीलाई स्पष्ट रूपमा परिभाषित गर्नुपर्ने उल्लेख छ।

निर्देशिका अनुसार साइबर जोखिम नियन्त्रण प्रणाली दुरुस्त अवस्थामा छ भन्ने सुनिश्चित गर्नको लागि इजाजत प्राप्त संस्थाकाे सञ्चालक समिति अन्ततः जिम्मेवार हुनुपर्नेछ। सञ्चालक समितिले संस्थाकाे साइबर जोखिम सहिष्णुता र साइबर लचिलोपन स्थापनाका लागी रणनीति बनाउनुपर्छ।

साइबर प्रणालीसँग सम्बन्धित भाैतिक उपकरणकाे सुरक्षा देखि लिएर तथ्या‌ंककाे सुरक्षित भण्डारण,तथ्यांककाे सुरक्षा र अनधिकृत पहुँचमा नियन्त्रण सम्बन्धी प्रावधान समेत निर्देशिकामा समेटिएकाे छ । साथै तथ्यांकमा र साइबर प्रणालीमा पहुँच राख्ने कर्मचारीमाथि निगरानी गर्ने प्रणाली समेत इजाजत प्राप्त संस्थाले सुनिश्चित गर्नुपर्नेछ।

Cyber-Resilience-Guidelines-2023_230828_204525

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS