IME Life New

राष्ट्र बैंकद्वारा ब्याजदर करिडोर कार्यविधि संशोधन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । केन्द्रीय बैंकले बैंकको ब्याजदरमा अल्पकालिन उतार चढाव रोक्न कार्यविधि संशोधन गरेको छ । राष्ट्र बैंकले ब्याजदर करिडोर सम्बन्धि कार्यविधि संशोधन गरेको हो ।

नियमनकारी निकाय राष्ट्र बैंकले ब्याजदरमा स्थायित्व कायम गर्ने र मौद्रिक व्यवस्थापनलाई आधुनिकीकरण गर्ने उद्देश्यले ’ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७४’ सम्बन्धी व्यवस्था संशोधन गरेको जनाएकोे छ ।

Esewa
Crest

राष्ट्र बैंकले आर्थिक वर्ष ब्याजदर करिडोरसम्बन्धी कार्यविधि, २०७६ (दोस्रो संशोधन, ०७७) मा तरलता अनुगमन तथा प्रक्षेपण संरचनाले इंगित गर्ने तरलताको आधारमा ब्याजदर करिडोरमार्फत तरलता प्रवाह तथा प्रशोचन गर्ने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थासँगै तरलता प्रवाह गर्नका लागि ओभर नाइट रिपो उपकरण र तरलता प्रशोचन गर्नका लागि एक हप्ता अवधिको निक्षेप संकलन उपकरणको प्रयोग गर्ने बाटो खोलिएको छ ।

जस अनुसार ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा स्थायी तरलता सुविधाको दर ५.० प्रतिशत रहेको छ भने ब्याजदर करिडोरअन्तर्गत ओभर नाइट रिपो दर नीतिगत दरको रूपमा ३.० प्रतिशत र तल्लो सीमाको रूपमा एक हप्ता अवधिको निक्षेप संकलनको दर १.० प्रतिशत तोकिएको छ । नयाँ व्यवस्थाले ब्याजदरमा थप स्थीरता ल्याउन भूमिका निर्वाह गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS