IME Life New

राष्ट्रिय वाणिज्य बैकको क्यास ब्याक अफर, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले क्यास ब्याक हुने अफर ल्याएको छ । बैंकले दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतको पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न पोइन्ट अफ सेलको माध्यमवाट कारोबार गर्दा क्यास ब्याक हुने अफर ल्याएको छ । बैंकले प्रति कारोबार एक हजार रूपैयाँ वा सो भन्दा बढीको कार्ड स्यप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो ।

यस योजना आगामी २०७८ असोज २१ गते देखि २०७८ कार्तिक २४ गतेसम्म लागू हुने बैंकले जनाएको छ । बैंकका अनुसार देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै कार्ड स्यप गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने छ । यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्यप ५ प्रतिशत अधिकतम क्यास ब्याक वा पाँच सय, ६ देखी १० पटकको कार्ड स्यपमा १० प्रतिशत अधिकतम क्यास ब्याक वा ७५०, ११ देखी १५ पटकको कार्ड स्यपमा १५ प्रतिशत अधिकतम क्यास ब्याक वा १,००० मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने जनाउको छ ।

Esewa
Crest

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २४८ वटा शाखा कार्यालय, २१६ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा प्रदान गर्दै आएके छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS