IME Life New

राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । राष्ट्रिय वाणिज्य बैंकले कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । कोभिडबाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विभिन्न नीतीगत सहूलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले २०७८ जेठ ११ मा परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यसले गर्दा ग्राहकहरुले नियमित कर्जा भूक्तानी गर्न समस्या हूने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहज हूने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पूग्ने अपेक्षा गरी २०७८ असार मसान्त भित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई निजहरुले बूझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरिएको बैंकले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS