IME Life New

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बाँडफाँड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जेठ २५ गतेदेखि २८ गतेसम्म निष्काशन तथा विक्री खुला गरेको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले वार्षिक साढे ८ दशमलव ५० प्रतिशत ब्याजदरको ६ वर्षे अवधिको कुल २५ लाख कित्ता ऋणपत्र विक्री गरेको हो ।

ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ । उक्त ऋणपत्र असार २ गते बाँडफाड गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले आरबिबि डिबेञ्चर, २०८३ नामको कुल ऋणपत्रमध्ये सार्वजनिक निष्काशन मार्फत विक्री गरेको १० लाख कित्ता सर्वसाधारणलाई र व्यक्तिगत तर्फबाट विक्री गरेको १५ लाख कित्ता विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई बाँडफाँड गरेको हो ।

उक्त ऋणपत्र खरीदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था थियो । बैंकको ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेकोे छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS