IME Life New

राष्ट्रिय वाणिज्य बैंकको २५ लाख कित्ता ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले जेठ २५ गतेबाट प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र आनिष्काशन गरेको थियो । बैंकले ६ वर्षे अवधिको (२०८३)वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको ऋणपत्र विक्री खुला गरेको हो ।

कुल निष्काशनमध्ये बैंकले ६० प्रतिशत अर्थात् १५ लाख कित्ताले हुन आउने एक अर्ब ५० करोड ऋणपूँजी रकम व्यक्तिगत तवरबाट बिक्री गर्नेछ, भने ४० प्रतिशत अर्थात् १० लाख कित्ताले हुन आउने कूल एक अर्ब ऋणपूँजी रकम सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट बिक्री गर्नेछ ।

Esewa
Crest

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रको विक्री बन्द हुने ढिलो अवधि असार ८ गतेसम्म रहेपनि माागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिमै विक्री बन्द हुन लागेको बैंकले जनाएको छ ।

बैंकलाई इक्रा नेपालले ‘केयर एनपी सिंगल प्लस’ रेटिङ दिएको छ । उक्त ऋणपत्रमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर सफ्टवेयरमार्फत अनलाइनबाट पनि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS