IME Life New

राष्ट्रिय बीमा संस्थान र राष्ट्रसेवक कर्मचारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालसरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान र राष्ट्र सेवक कर्मचारीहरुबीच सावधिक जीवन बीमा योजना सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नयाँ बानेश्वरको अल्फा हाउसमा आयोजित कार्यक्रममा राष्ट्रसेवकको तर्फबाट अर्थमन्त्रालय, राष्ट्रिय किताब खाना निजामती, नेपालप्रहरी, नेपालसैनिक, शसस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग, नागरिक लगानी कोष लगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Esewa
Crest

राष्ट्रिय बीमा संस्थानमा नागरिक लगानी कोष मार्फत राष्ट्रसेवक कर्मचारीहरुको सामुहिक बीमा हुने प्राबधान रहेको छ।कार्यक्रममा सामुहिक बीमा, बीमा निरन्तरता र दाबी भुक्तानी बिषयमा प्रस्तुतीकरण राष्ट्रिय बीमा संस्थानको तर्फबाट सहव्यस्थापक दिनेश गौतम र शिशिरचन्द्र देवकोटाले गरेका थिए। नागरिक लगानीकोषको तर्फबाट रोशनजंग कार्कीले बीमा गर्दा हुन सक्ने प्राबिधिक समस्याहरुको बारेमा प्रस्ट पारेका थिए।

कार्यक्रमको अन्त्यमा संस्थानका प्रशासक कविप्रसाद पाठकले अवकाश प्राप्त कर्मचारीले बीमालाई निरन्तरता गर्न सक्ने कुरा प्रस्ट पार्दै समापन गरेका थिए।

कार्यक्रमको सहजीकरण संस्थानका सह व्यवस्थापक तथा बजार व्यस्थापन विभाग प्रमुख दिपा अधिकारीले थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS