IME Life New

राष्ट्रिय बीमा संस्थान र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी सम्झौता गरेको छ।उक्त सम्झौतापत्रमा संस्थानका तर्फबाट संस्थाका प्रशासक कविप्रसाद पाठक र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

राष्ट्रिय बीमा संस्थानले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई आफ्नो बैंकका माध्यमबाट नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) मार्फत एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीसँग जोडिएपछि सम्पूर्ण भुक्तानी विभिन्न कारोबार बैंक खाताहरुबाट सोझै गर्न सक्ने भएका छन् ।

Esewa
Crest

साथै, संस्थानका बीमितहरुले आफ्नो बीमाशुल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट वा ५ हजारभन्दा बढी बैंक शाखाहरुबाट र एनसीएचएलसँग आबद्ध बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुको च्यानलहरुमार्फत पनि सजिलै तिर्न सक्नेछन्।
यी सबै कारोबारहरु सोझै संस्थान तथा लाभग्राहीका बैंक खाताहरुबाट हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS