IME Life New

राष्ट्रिय बीमा कम्पनीले समितिमा बुझायो ५ वर्षको लेखापरिक्षण प्रतिवेदन, लाभांस पाउन अझै केहि समय कुर्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले बीमा समितिमा चार आर्थिक वर्षको लेखापरिक्षण प्रतिवदेन स्वीकृतिका लागि पेश गरेको छ । कम्पनीले २०६८/६९, २०६९/७०, २०७०/७१, २०७१/७२, २०७२/७३ सम्मको लेखापरिक्षण प्रतिवेदन स्वीकृतिका लागि समितिमा पेश गरेको हो ।

लेखापरिक्षण प्रतिवेदन स्वीकृतिका लागि बीमा समितिमा पेश गरे पनि यस अवधिको मुनाफा तथा जगेडा कोषबाट लाभांस भने वितरण गर्न पाउने छैन । समितिले कम्पनीलाई अहिलेसम्मको पेन्डिङ लेखापरिक्षण प्रतिवेदन तयार पारे पछि मात्रै लाभांस वितरण गर्न दिने बताउदै आएको छ ।

Esewa
Crest

कम्पनीले अझै २०७३/७४, २०७४/७५, २०७५/७६ र २०७६/७७ को लेखापरिक्षण प्रतिवेदन तयार पारे पछि मात्रै लाभांस घोषणा गर्न पाउने छ । बाँकी लेखापरिक्षण तयार पार्न अझै केहि समय लाग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले जानकारी दिए । कम्पनीले गएका दुई आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन एनएफआरएस अनुसार तयार पार्नु पर्ने भएकाले केहि समय लाग्न सक्ने देखिन्छ ।

लामो समयदेखि विवादका कारण लेखापरिक्षण हुन नसकेको विषय सल्टिएको हुँदा अव सरासर काम हुने अर्याल बताउछन् । उनले भने ‘बाँकी लेखापरिक्षण अवको तीन महिना भित्रमा सक्ने योजना बनाएका थियौ तर अहलेको कोभिड १९ को महामारीले गर्दा काम गर्न सकिएला जस्तो छैन ।’ तर छिटो भन्दा छिटो लेखापरिक्षण तयार पार्ने उनलले प्रतिवद्धता व्यक्त गरे ।

दोस्रो बजारमा कम्पनीले बीमा समितिमा पेश गरेको लेखापरिक्षण प्रतिवेदनका आधारमा लाभांस वितरण गर्न पाउने हल्ला छ । यसले गर्दा केहि समयदेखि कम्पनीको शेयर मूल्य पनि लगातार बढिरहेको छ ।

हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य २३ हजार २०० रुपैयाँ छ । पछिल्लो एक महिनाको अवधिमा कम्पनीको शेयर मूल्य ६ हजार २०० रुपैयाँले बढिसकेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख ६३ हजार रुपैयाँ रहेको छ । कम्पनीले कम्तिमा पनि एक अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । यसका लागि बोनस शेयर वा हकप्रद शेयर मार्फत पूँजी जुटाउनु पर्ने अवस्था छ । लेखापरिक्षण तयार नपार्दा कम्पनीले आर्थिक वर्ष २०६८/६९ को साधारणसभा आयोजना गर्न सकेको छैन । कम्पनीले २०७४ बैशाख २२ गते २९ औ वार्षिक साधारणसभाबाट तीन आर्थिक वर्ष २०६०/६१, २०६१/६२ र २०६२/६३ को लेखापरिक्षण प्रतिवेदन पास गर्नुका साथै सोहि अवधिको सञ्चित मुनाफाबाट ११४ प्रतिशत बोनस शेयर दिएको थियो ।

त्यस्तै कम्पनीले २०७५ असोज २९ गते ३० वार्षिक साधारणसभा सम्पन्न गर्यो । उक्त साधारणसभाले आर्थिक वर्ष २०६३/६४, २०६४/६५, २०६५/६६, २०६६/६७ र २०६७/६८ सम्मको लेखापरिक्षण प्रतिवेदन पारित गर्यो । तर उक्त साभारणभाले लाभांस दिएन । बीमा समितिले पेण्डिङ साधारणसभा पहिला पुरा गर्नु अनि मात्रै लाभांस दिन पाउने व्यवस्था गरिदियो । त्यसैले गर्दा अहिले प्रस्ताव गरिएका ५ आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदनका आधारमा लाभास दिन पाउदैन ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार जगेडा कोषमा २ अर्ब ९६ करोड रुपैयाँ जम्मा भएको छ । यहि कोषबाट कम्पनीले बोनस शेयर दिन पाउने भएकाले बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुँजी जुटाउन कम्पनीले बोनस शेयर दिन सक्छ ।

कम्पनीले नियामकिय पूँजी जुटाउन अझै ७३ करोड ३३ लाख रुपैयाँ बोनस शेयर दिनु पर्ने हुन्छ । यस आधारमा कम्पनीले ३७६ प्रतिशत बोनस शेयर वितरण गर्नु पर्ने हुन्छ । कम्पनीको संस्थापक शेयर पूँजीको हिस्सा ८७.७५ प्रतिशत रहेको छ भने सार्वसाधारणको शेयर पूँजी हिस्सा जम्मा १२.२५ प्रतिशत मात्रै छ । बजारमा एकदमै कम शेयर सप्लाइ भएकोले कम्पनीको बजार मूल्य धेरै माथि छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS