IME Life New

राष्ट्रिय प्राथमिकताको क्षेत्रमा लगानी बढाउन बीमा कम्पनीहरुलाई समितिको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुलाई राष्ट्रिय प्राथमिकताको क्षेत्र र पूर्वाधार निर्माणमा लगानी बढाउनको लागी बीमा समितिले अनुरोध गरेको छ ।जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको बीमा कोषमा खर्ब रुपैयाँभन्दा बढी लगानी योग्य रकम रहेकोमा पूर्वाधार निर्माण तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा ठूलो योगदान पुग्न सक्ने भन्दै समितिले तोकिएको सीमाभित्र रहेर लगानी गर्न सुझाव दिएको हो ।

निर्जीवन बीमा कम्पनीहरुको समस्या र चुनौती सम्बन्धमा होटल क्राउन इम्पेरियलमा शुक्रबार आयोजित अन्तरक्रिया कार्यक्रममा बीमा समितिका निर्देशकहरुले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र प्रस्तुतीको क्रममा निर्देशकहरुले लगानी स्वीकृतिको लागी बीमा समितिमा निवेदन पेश गर्दा अधिकांश बीमकले जोखिम विश्लेषण प्रतिवेदन बिना नै निवेदन पेश गरेकोमा अब उपरान्त अनिवार्यरुपमा जोखिम विश्लेषण प्रतिवेदन समावेश गर्न सुझाव दिए ।

Esewa
Crest

यसबाहेक पूनर्बीमा सम्झौताको लागी पूनर्बीमकको क्रेडिट रेटिङ पूनर्बीमा निर्देशिकामा स्पष्टरुपमा उल्लेख भएपनि अझै पनि केही बीमकले कमजोर रेटिङ भएका पूनर्बीमकसँग सम्झौता जारी राखेको समेत औंल्याइएको थियो । यसबाहेक पूनर्बीमा सम्झौता गर्नु पूर्व पूनर्बीमकको रेटिङ राम्रो रहेको र अर्को वर्ष वा सोही वर्ष खस्किएको हुन सक्ने पक्षलाई पनि ध्यान दिन सुझाव दिएका छन् ।

कुनै पनि नयाँ जीवन बीमालेख तयार पार्दा पर्याप्त बजार अध्ययन अनुसन्धान बिना नै तयार पार्ने गरिएको, विदेशी वा अन्य बीमकको बीमालेख हुबहु तयार पार्ने गरेको कमजोरी पनि औंल्याइएको छ । यसबाहेक बीमालेख स्वीकृतिको लागी पेश गर्दा संलग्न गर्नुपर्ने पर्याप्त कागजात पेश नगर्दा बीमालेख स्वीकृतिमा ढिलाई हुने र अनावश्यकरुपमा प्रकृया लम्बिने भएकाले सम्पूर्ण आवश्यक कागजातसहित मात्र पेश गर्न जोड दिइएको छ ।

बीमा सेवा बिस्तारको लागी देशैभर बीमा कम्पनीहरुले शाखा,उपशाखा कार्यालय संचालनमा ल्याएपनि अधिकार जति प्रधान कार्यालयमै केन्द्रित राखिएकोमा सेवा प्रवाह छिटोछरितो हुन नसकेको प्रति बीमकको ध्यानाकर्षण गराइएको छ । बीमा समितिले आवश्यक्ता अनुसार अधिकार प्रत्यायोजन गरेर शाखा कार्यालयहरुबाट नै निर्णय लिन सक्ने र सेवा प्रवाह गर्न सक्ने वातावरण मिलाउन सुझाएको छ ।

अन्तरक्रियामा बीमा समितिले देशभर आयोजना गरेको स्थानीय पालिकासँगको अन्तरक्रियामा कृषि तथा पशुपंक्षि बीमामा साना दाबीको भुक्तानी नदिइएको व्यापक गुनासो आएकाले गम्भीरताका साथ सम्बोधन गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS