IME Life New

राष्ट्रिय दिवसमा जनतालाई सिस्तैमा बीमा कभरेज प्रदान गर्दै सिंगापुर एआईए

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिंगापुर एआईएले राष्ट्रिय दिवसका अवसरमा जनतालाई सिस्तै बीमा कभरेज उपलब्ध गराउने घोषणा गरेको छ।

कम्पनीले ६ महिनाका लागि जनतालाई सिस्तैमा बीमा कभरेज उपलब्ध गराउने घोषणा गरेको हो। यो विशेष अफरअन्तर्गत गम्भीर रोग, मृत्यु दाबीसँगै चिकित्सकसँग निःशुल्क टेलि परामर्श सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।

Esewa
Crest

यो अफर सिंगापुरवासीका लागि रहेको कम्पनीले स्पष्ट पारेको छ। जसमध्ये पहिलो १५ हजार जनताले यो सुविधा उपभोग गर्न पाउनेछन्। यसका लागि आवेदन दिन अगस्ट ५ सम्मको समयसीमा दिइएको छ।

यो निःशुल्क कभरेजले देशको वित्तीय सुरक्षामा टेवा पुर्याउने र जनतामा बीमा सचेतना जगाउने कम्पनीको विश्वास छ।

यस अफरअन्तर्गत ३७ वटा गम्भीर रोग समावेश गरिएका छन्। जसमा प्रतिव्यक्ति १० हजार सिंगापुर डलरबराबरको कभरेज उपलब्ध हुनेछ।

यसैगरी रोगका कारण हुने मृत्युमा प्रतिव्यक्ति १० हजार सिंगापुर डलर र दुर्घटनामा परी मृत्यु भएमा २० हजार सिंगापुर डलर दाबी पाउनेछन्।

चिकित्सकसँगको टेलि परामर्शमा दुईपटकसम्मको सेवा निःशुल्क रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS