IME Life New

राष्ट्रियस्तरका विकास बैंकः ४ वटाको नाफा बढ्दा ४ वटाको घट्यो, धेरै कमाउनेमा मुक्तिनाथ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको तथ्यांक हेर्दा राष्ट्रियस्तरका विकास बैंकहरुको नाफा सामान्य घटेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्ष यही अवधिसम्म यी बैंकहरुले ३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। यो हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यी बैंकहरुको नाफामा २.०६ प्रतिशतको संकुचन आएको छ।

Esewa
Crest

अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ४ वटा विकास बैंकको नाफा बढेको छ भने ४ वटाको घटेको छ। प्रतिशतका हिसाबले सबैभन्दा नाफा सांग्रिलाको बढेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा सांग्रिलाको नाफामा ९.४४ प्रतिशतको बढोत्तरी भएको छ।

यसैगरी अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा नाफामा सबैभन्दा बढी संकुचन लुम्बिनीको देखिएको छ। यो बैंकको नाफामा २६.९१ प्रतिशतको संकुचन आएको छ।

रकमको हिसाबले बढी नाफा आर्जन गर्नेमा मुक्तिनाथ रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ८७ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। दोस्रोमा गरिमा र तेस्रो शाइन रेसुंगा छन्। यी दुवै क्रमशः ६८ करोड ३४ लाख रुपैयाँ र ५१ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

समीक्षा अवधिमा सबैभन्दा कम नाफा ज्योतिको देखिएको छ। ज्योतिले यो नौ महिनाको अवधिमा १५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS