IME Life New

राष्ट्रियस्तरका विकास बैंकः धेरै नाफा कमाउने मुक्तिनाथ, लुम्बिनीको आकर्षक वृद्धिदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म २ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनामा २ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म यी बैंकहरुले १ अर्ब ५४ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ३१.४३ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ रहेको छ। यो बैंकले ४२ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ३३.६८ प्रतिशतले बढेको छ।

दोस्रोमा गरिमा रहेको छ। यो बैंकले ३६ करोड ८४ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ। अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ५३.२१ प्रतिशतले बढेको छ।

तेस्रोमा शाइन रेसुंगा रहेको छ। समीक्षा अवधिसम्म यो बैंकले ३५ करोड ४३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ४१.४४ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको ४ महिनामा लुम्बिनीले २९ करोड ३७ लाख रुपैयाँ, कामना सेवाले २४ करोड ७१ लाख रुपैयाँ, महालक्ष्मीले २० करोड १६ लाख रुपैयाँ, सांग्रिलाले १३ करोड ६८ लाख रुपैयाँ र ज्योतिले ६६ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा लुम्बिनीको नाफा ६२.२७ प्रतिशत, कामना सेवाको ४४.४५ प्रतिशत, महालक्ष्मीको १७.४९ प्रतिशत र सांग्रिलाको ३३.२५ प्रतिशतले बढेको छ भने ज्योतिको ९४.०७ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS