IME Life New

राष्ट्रसंघद्वारा विश्व स्वास्थ्य संकटकाल घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाईरस संसारभर देखिएपछि संयुक्त संघले विश्वभर संकटकाल घोषणा गरेको छ । संक्रमण फैलिएको एक महिनाभित्रैमा दुई सय १३ जनाको ज्यान लिईसकेको कोरोना भाईरस नेपालसहित विश्वका १८ वटा देशमा देखिईसकेको छ ।

Esewa
Crest

संयुक्त राष्ट्र संघीय निकाय विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले इन्टरनेशनल हेल्थ रेगुलेशन २००५ मातहत रहेर कोरोना भाईरसले विश्वभर समस्या उत्पन्न गर्न सक्ने भन्दै तीन महिनाको लागि विश्व संकटकाल घोषणा गरेको जनाएको छ । स्वीटजरल्याण्डको राजधानी जेनेभामा मुख्यालय रहेको डब्लुएचओले हिजोको मितिमा विश्व स्वास्थ्यस संकटकाल घोषणा गरेको हो । चाँडै नियन्त्रणमा आएमा त्यसअघि नै संकटकाल हटाउने विश्व स्वास्थ्य संगठनले जनाएको छ । चीनबाट अन्य देशमा समेत कोरोना भाइरसको संक्रमण फैलन थालेपछि डब्लूएचओले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो ।

विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणाबारे डब्लूएचओका प्रमुख टेड्रोस एड्हानोमलाई उध्रित गर्दै बीबीसीमा प्रकाशित समाचार अनुसार चीनले अत्यन्तै कडा मेहनतका साथ नियन्त्रण गरिरहेको छ, अब यात्रा, व्यापारका कारण मात्रै सर्छ भनेर बस्न सक्ने अवस्था रहेन ।

विश्वव्यापी स्वास्थ्य संकट निम्ताएपछि डम्बलुएचओले आपतकाल घोषणा गर्ने गरेको छ । यसअघि सन् २००९ मा फैलिएको स्वाईन फ्लुको समयमा पनि संकटकाल घोषणा गरेको थियो । सो समयमा दुई लाख मानिसको ज्यान गएको थियो । यसअघि फ्लुसँगै पोलियो, जीका र इबोलाको महामारी चलेको बेला संकटकाल घोषणा गरिएको थियो ।
हालसम्म डब्लुएचओले पाँच पटकसम्म आपतकाल घोषणा गरिसकिएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS