IME Life New

रातारात बद्लियो धनकुबेरको संसार, विश्वकै धनीव्यक्ति अब को ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। विश्वका शीर्ष धनाढ्यहरुको सूचीमा ठूलो उथलपुथल भएको छ। अमेरिकाको अग्रणी ई–कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस फेरि विश्वकै धनीव्यक्ति बनेका छन्। उनी फ्रान्सका बर्नार्ड अर्नाल्टलाई पछि गर्दै पहिलो स्थानमा पुगेका हुन्।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार बुधबार बेजोसको कुल सम्पत्ति १४.७ करोड डलरले घट्यो तर अर्नाल्टले ६.७३ अर्ब डलर गुमाए। जसका कारण अर्नाल्टको नेटवर्थ २०३ अर्ब डलरमा झरेको छ भने बेजोस २०५ अर्ब डलरको साथ शीर्ष स्थानमा पुगेका छन्। यस वर्ष अर्नाल्टको कुल सम्पत्ति ४.३६ अर्ब डलरले घटेको छ। जब कि बेजोसको कुल सम्पत्ति २७.९ अर्ब डलर बढेको छ।

Esewa
Crest

विश्वका शीर्ष १० अर्बपतिको नेटवर्थमा बुधबार गिरावट आएको छ। टेस्लाका सीईओ एलन मस्क २०२ अर्ब डलरसहित विश्वका धनीव्यक्तिको सूचीमा तेस्रो स्थानमा छन्। मेटाका सीईओ मार्क जुकरबर्ग (१६९ अर्ब डलर) चौथो, ल्यारी पेज (१५६ अर्ब डलर) पाँचौँ, बिल गेट्स (१५२ अर्ब डलर) छैटौँ, स्टिभ बाल्मर (१४८ अर्ब) सातौँ, सेर्गेई ब्रिन (१४७ अर्ब डलर) आठौँ, ल्यारी एलिसन (१३८ अर्ब डलर) र वारेन बफेट (१३३ अर्ब डलर) दसौँ स्थानमा छन्। यो सूचीमा ११ नम्बरमा रहेका माइकल डेलको नेटवर्थ बुधबार ४.१९ अर्ब डलरले बढेर १२३ अर्ब डलर पुगेको छ। यो वर्ष उनको कुल सम्पत्ति ४४.७ अर्ब डलरले बढेको छ।

यसैबीच, भारत र एशियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको नेटवर्थमा पनि गिरावट आएको छ। रिलायन्स इन्डस्ट्रिजका अध्यक्षको नेटवर्थ १.५३ अर्ब डलरले घट्यो। अम्बानी ११० अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १२ औँ स्थानमा छन्। यो वर्ष उनको कुल सम्पत्ति १३.८ अर्ब डलरले बढेको छ। अडानी ग्रुपका अध्यक्ष गौतम अडानी १०६ अर्ब डलरको कुल सम्पत्तिका साथ यस सूचीमा १३ औँ स्थानमा छन्। बुधबार उनको कुल सम्पत्ति ७.९५ करोड डलरले घटेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS