IME Life New

रहेनन् भारतीय पूर्वप्रधानमन्त्री सिंह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दक्षिण एशियाली छिमेकी भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन भएको छ । ९२ वर्षीय सिंहको भारतीय समयअनुसार बिहीवार राति ९ बजेर ५१ मिनेटमा दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई बिहीवारै उनलाइ अस्पताल भर्ना गरिएको थियो ।

Esewa
Crest

पूर्वप्रधानमन्त्री सिंहको निधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली व्यक्त गर्दै भारतका सबैभन्दा प्रतिष्ठित नेतामध्ये एक डा. मनमोहन सिंहलाई भारतले गुमाएको  लेखेका छन् । साधारण परिवारबाट माथि उठेर प्रतिष्ठित अर्थशास्त्री बनेका सिंह वित्त मन्त्रीसहित भारतका विभिन्न पदमा बसेर आर्थिक नीतिमा बलियो छाप छोडेको मोदीले लेखेका छन् ।

सेप्टेम्बर २६, १९३२ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एउटा गाउँमा जन्मिएका सिंहको उत्कृष्ट शैक्षिक करियरले उनलाई बेलायतको क्याम्ब्रिज विश्वविद्यालय पुर्‍यायो, जहाँ उनले १९५७ मा अर्थशास्त्रमा डिग्री हासिल गरे। त्यसपछि उनले १९६२ मा अक्सफोर्ड विश्वविद्यालयको नफिल्ड कलेजबाट अर्थशास्त्रमा विद्यावारिधि गरे।

सन् १९७१ मा भारत सरकारमा वाणिज्य मन्त्रालयमा आर्थिक सल्लाहकारको रूपमा सामेल हुनुभन्दा पहिले सिंहले पञ्जाब विश्वविद्यालय र प्रतिष्ठित दिल्ली स्कूल अफ इकोनोमिक्समा अध्यापन गरे। १९८२ मा, उनी वित्त मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार बने। उनले योजना आयोगको उपाध्यक्ष र भारतीय रिजर्भ बैंकको गभर्नरको रूपमा पनि काम गरे।

विपक्षी दल काँग्रेस आइका नेता सिंह सन् २००४ र सन् २००९ मा भारतको प्रधानमन्त्री रहेका थिए । उनको कार्यकालमा भारतको अर्थ नीतिमा उल्लेख्य सुधार भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS