IME Life New

रसुवागढी हाइड्रोपावरको आइपिओ साउन १० गतेसम्म बिक्री खुला रहने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले प्रभावित क्षेत्रका लागि निष्काशन गरेको प्राथमिक शेयर साउन १० गतेसम्मनै बिक्री खुला राख्ने भएको छ । कम्पनीले पहिलो चरणमा आजसम्म निष्काशन खुला गरेको थियो । तर कम्पनीले ढिलोको पुरै अवधिसम्म बिक्री खुला गर्ने जनाएको छ ।

कम्पनी स्थानीय बासिन्दाका असार १३ गतेदेखि प्रतिकित्ता १०० अंकित दरमा रु. ६८ करोड ४२ लाख १० हजार मूल्यबराबरको ६८ लाख ४२ हजार एक सय कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गरेको थियो ।

Esewa
Crest

आयोजनाले प्रभावित रसुवा जिल्लावासीका लागि छुट्याइएको १० प्रतिशतले हुन आउने ६८ लाख ४२ हजार एक सय कित्ता सेयर आयोजनाबाट अतिप्रभावित गोसाइँकुण्ड गाउँपालिका– १ र २, प्रभावित आमाछोदिङमा गाउँपालिका– ४ र ५ तथा गोसाइँकुण्ड गाउँपालिकाका ३, ४, ५ र ६ का साथै सामान्य प्रभावित उल्लेखित क्षेत्रभन्दा बाहिर बसोवास गर्ने जिल्लावासीमा ४.५ : १.५ : १ का दरले सेयर बाँडफाँट गरिने आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका हुँदै बग्ने भोटेकोसी नदीमा एक सय ११ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सुविधा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS