IME Life New

रक्तदान कार्यक्रम गरी मनायो ज्योति विकास बैंकले १३औं वार्षिकोत्सव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ज्योति विकास बैंकले स्थापनाको १३औं वार्षिकोत्सव मनाएको छ । हाल कोभिड महामारीको स्थितिलाई मध्यनजर गर्दै बैंकले सञ्चालक समितिका सदस्य, भुतपूर्व सञ्चालकहरु र कर्मचारीको उपस्थितिमा कमलपोखरी स्थित कार्यालय प्राङ्गणमा वार्षिकोत्सव मनाएको हो ।

बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले समारोहको अध्यक्षता गरेका थिए । साथै कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षडा।. महावीर पुन, बैंकका संस्थापक अध्यक्ष तथा शेयरधनी ध्रुव उप्रेती र संस्थापक शेयरधनी तथा भुतपूर्व अध्यक्ष ध्रुव कुमार भट्टराईको उपस्थिति रहेको थियो ।

Esewa
Crest

वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रम समेत आयोजना गरेको थियो । सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको “हाम्रो विकास प्रवद्र्धन कोष” मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको“न्यानो नानी” परियोजना २ को लागि सहयोग प्रदान गरेको छ ।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने राष्ट्रिय आविष्कार केन्द्रको १२ वटा“न्यानोनानी” बेबी वार्मर बनाउन बैंकले सहयोग गर्ने भएको छ ।

बैंकको तर्फबाट सञ्चालक समितिका सदस्य तथा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रमहरु सञ्चालन गर्न निर्मित हाम्रो विकास प्रवद्र्धन कोषका संयोजक सुरेन्द्र बहादुर नेपालीले राष्ट्रिय आविष्कार केन्द्रको“न्यानोनानी” परियोजनाको लागि १० लाख २० हजार प्रदान गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष हरि प्रसादले मन्तव्य प्रस्तुत गर्दै बैंकको १३ वर्षको यात्रालाई सफल र फराकिलो बनाउन योगदान दिने सम्पूर्णको स्मरण गर्दै अबको यात्रामा पनि सोहि अनुरुपको सहयोग प्रदान गर्न आह्वान गरे ।

साथै अध्यक्ष प्रसादले बैंकले समाजमा उद्यमी क्षमताको विकास गर्न सधै क्रियाशील रहने र समाज तथा नागरिकबाट प्राप्त सुझावहरुलाई अनुसरण गरि अघि बढ्ने प्रतिबद्धताव्यक्त गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्षडा. महाविर पुनल ेनेपाललाई आर्थिक विकासको बाटोमा अगाडि बढाउन उद्यमशीलता विकास गर्नुपर्ने, त्यस्तो उद्यमशीलता प्रवद्र्धन गर्न राष्ट्रिय आविष्कार केन्द्रल ेप्रयास गरिरहेको र त्यस्तो प्रयासलाई प्रोत्साहन गर्दै ज्योति विकास बैंकले गरेको सहयोग उदाहरणीय रहेको विचार व्यक्त गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS