IME Life New

यो हो विश्वकै सफा एयरपोर्ट, शीर्ष १० मा जापानको वर्चश्व, अमेरिका र चीन छैनन् दौडमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जापानको नाम आउँदा मनमा त्यहाँको बुलेट ट्रेनको तस्बिर आउँछ। तर, के तपाइँलाई थाहा छ विश्वका १० सफा एयरपोर्टमध्ये ४ जापानमा छन्। भर्खरै सार्वजनिक गरिएको स्काईट्रयाक्सका अनुसार विश्वका उत्कृष्ट १० सफा एयरपोर्टको सूचीमा चीन, अमेरिका, बेलायत, जर्मनी र फ्रान्सजस्ता देशको एउटा पनि परेका छैनन्।

कतारको राजधानी दोहाको हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट विश्वकै उत्कृष्ट एयरपोर्टको सूचीमा पहिलो नम्बरमा छ। तर, सरसफाइको हिसाबले चौथो स्थानमा छ। उत्कृष्ट एयरपोर्टको सूचीमा दोस्रो स्थानमा रहेको सिंगापुरको चांगी एयरपोर्ट सरसफाइको हिसाबले तेस्रो स्थानमा छ। त्यसो भए संसारको सबैभन्दा सफा एयरपोर्ट कुन हो ?

Esewa
Crest

स्काईट्रयाक्सका अनुसार विश्वको सबैभन्दा सफा एयरपोर्ट जापानको राजधानी टोकियोको हानेडा एयरपोर्ट हो। यो टोकियोका दुई अन्तर्राष्ट्रिय एयरपोर्टमध्ये एउटा हो। यसलाई विश्वको सबैभन्दा पुरानो एयरपोर्टमध्ये एउटा मानिन्छ। यो सन् १९३१ अगस्त २५ बाट सञ्चालनमा आएको थियो। यो जापानका धेरै एयरलाइन कम्पनीको हब पनि हो।

विश्वकै सफा एयरपोर्टको सूचीमा दक्षिण कोरियाको सियोल इन्चोन एयरपोर्ट दोस्रो स्थानमा छ। सिंगापुरको चांगी एयरपोर्ट तेस्रो र दोहाको हमाद एयरपोर्ट चौथो स्थानमा छ। पाँचौँ स्थानमा जापानको सेन्ट्रेयर नागोया, छैटौँमा टोकियोको नारिता र सातौँमा जापानको कान्साई एयरपोर्ट रहेको छ।

यसरी शीर्ष १० सफा एयरपोर्टमध्ये चार जापानका छन्। यो सूचीमा हङकङ एयरपोर्ट आठौँ, ताइवानको ताओयुवान नवौँ र स्विट्जरल्यान्डको जुरिच एयरपोर्ट दसौँ स्थानमा छ।

स्काई ट्रयाक्स वर्ल्ड एयरपोर्ट अवार्डसलाई एयरपोर्ट उद्योगको ओस्कर भनिन्छ। यसले हालै विश्वका उत्कृष्ट एयरपोर्टको सूची सार्वजनिक गरेको थियो। जसमा एसियाका एयरपोर्टहरु शीर्ष पाँचमा परेका छन्। दोहाको हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट पहिलो, सिंगापुरको चांगी एयरपोर्ट दोस्रो, दक्षिण कोरियाको सियोल इन्चियोन एयरपोर्ट तेस्रो, टोकियोको हानेडा चौथो र नारिता पाँचौँ स्थानमा छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS