IME Life New

यो देशमा छ विश्वकै ठूलो तेल भण्डार, जनता भने महँगीको मारमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वको सबैभन्दा ठूलो तेल भण्डार दक्षिण अमेरिकी देश भेनेजुएलामा छ। तर, पनि यो देशमा महँगी अचाक्ली रहेको छ। यतिमात्र होइन यो कुनै समय धनी देशहरुमा परेको थियो तर सन् १९८० देखि यसको विकास रोकिएको छ।

भेनेजुएलामा प्रतिव्यक्ति जीडीपी सन् १९८० मा ८ हजार डलर थियो र आज पनि त्यही स्तरमा छ। अर्कोतर्फ दक्षिण कोरियाको प्रतिव्यक्ति आय सन् १९८० मा जम्मा २ हजार डलर थियो। जुन अहिले बढेर ५६ हजार डलर पुगेको छ। यसको मतलब कोरियाको प्रतिव्यक्ति जीडीपी विगत ४३ वर्षमा २८ गुणा बढेको छ। जब कि भेनेजुएलाको प्रतिव्यक्ति जीडीपी यस अवधिमा १ पैसा पनि परिवर्तन भएको छैन।

Esewa
Crest

जब दक्षिण कोरियाले नवप्रवर्तन र प्रविधिमा ध्यान केन्द्रित गरेर उच्च आय भएको देशमा रुपान्तरण गर्यो। तर, तेलमा निर्भरता र राजनीतिक अस्थिरताले भेनेजुएलाको विकास ट्रयाकबाट हटेको छ। भेनेजुएलामा खुद्रा महँगी विश्वमा सबैभन्दा उच्च छ।

भेनेजुएलासँग विश्वको सबैभन्दा ठूलो तेल भण्डार छ। संसारको कुल कच्चा भण्डारको १८.२ प्रतिशत यो देशमा रहेको छ। यहाँ १ लिटर पेट्रोलका लागि मात्र ०.०३५ डलर अर्थात् करिब साढे ४ रुपैयाँ खर्च गर्नुपर्नेछ। जुन पानीभन्दा सस्तो हो।

यो देशमा खाद्यवस्तुको मूल्य विश्वमै सबैभन्दा बढी छ। देशका लाखौं जनताले दुई छाक खान नपाउने अवस्था छ। लाखौँ मानिसहरु राम्रो जीवनको खोजीमा भेनेजुएलाबाट भागेका छन्।

भेनेजुएलाको समाजवादी नीति र अमेरिकासँगको द्वन्द्व जिम्मेवार रहेको विज्ञहरु बताउँछन्। ह्युगो चाभेजपछि राष्ट्रपति निकोलस मादुरोले ऋण तिर्नको लागि जथाभावी पैसा छापे। जसका कारण मुद्राको भाउमा उल्लेख्य गिरावट आएको छ। मादुरोले २०१९ मा मुद्रा नियन्त्रणमा आराम गर्यो। सरकारी खर्चमा कमी र कर वृद्धिसँगै रुढीवादी आर्थिक नीतिका कारण मुलुकको महँगी झन्डै १ वर्षसम्म एकल अंकमा रह्यो। तर, गत वर्षको अन्त्यमा भेनेजुएलामा महँगी तीव्र गतिमा बढेको थियो।

आज अवस्था यस्तो बनेको छ कि भेनेजुएलाका धनी मानिस पनि खाद्यान्न किन्न नसक्ने अवस्थामा पुगेका छन्। एक सर्वेक्षणका अनुसार ४१ प्रतिशतभन्दा बढी भेनेजुएलाका जनताले आफूले हरेक दिन एक छाक खाना छाडिरहेको बताएका छन्। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

25%
sad

दु :खी

75%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS