IME Life New

यो देशको पासपोर्ट सबैभन्दा सस्तो, महँगो चाहिँ कसको ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अस्ट्रेलियाली फर्म कम्पेयर द मार्केट एयूले हालै लागतका हिसाबले विश्वका पासपोर्टहरुको सूची सार्वजनिक गरेको छ। यो सूचीमा लागतको हिसाबले सबैभन्दा सस्तो पासपोर्ट यूएईको र सबैभन्दा महँगो मेक्सिकोको देखिएको छ।

कम्पेयर द मार्केटको प्रतिवेदनअनुसार यूएईको पासपोर्ट ५ वर्षका लागि जारी हुन्छ। यसको लागत १७.७ अमेरिकी डलर रहेको छ। लागतको हिसाबले छिमेकी मुलुक भारतको पासपोर्ट दोस्रो स्थानमा रहेको छ। भारतले १० वर्षका लागि पासपोर्ट जारी गर्छ। यसको लागत १८.०७ डलर रहेको छ।

Esewa
Crest

लागतको हिसाबले सबैभन्दा महँगो पासपोर्ट मेक्सिकोको रहेको छ। १० वर्षको वैधता रहेको मेक्सिकोको पासपोर्टको लागत २३१.०५ डलर रहेको छ।

कम्पेयर द मार्केटले विभिन्न देशबाट पासपोर्ट प्राप्त गर्ने लागत र वैधताको प्रतिवर्ष लागत प्रभावकारिता अध्ययन गरेको थियो। भिसा–मुक्त पहुँच प्रदान गर्ने देशहरुको संख्याको सन्दर्भमा उनीहरुको मूल्य पनि अध्ययन गरिएको थियो। – एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS