IME Life New

यो देशको अर्थतन्त्र फेरि संकटमा, १८ महिनामा दोस्रोपटक मन्दीको चपेटामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । न्युजिल्यान्डको अवस्था निकै नाजुक बनेको छ। यो देश १८ महिनाभित्र दोस्रोपटक मन्दीमा फसेको छ। न्युजिल्यान्डको आधिकारिक तथ्यांकअनुसार देशको अर्थतन्त्र (जीडीपी)मा डिसेम्बर त्रैमासिकमा ०.१ प्रतिशतले संकुचित आएको छ। जब कि प्रतिव्यक्ति आधारमा ०.७ प्रतिशतले घटेको छ।

न्युजिल्यान्डको आधिकारिक तथ्यांक निकाय स्ट्याट्स एनजेडले बिहीबार यी तथ्यांकहरु सार्वजनिक गरेको हो। सन् २०२३ को अन्तिम त्रैमासिकमा आएका यी तथ्यांकहरुले न्युजिल्यान्डको अर्थतन्त्र दोस्रोपटक मन्दीमा फसेको पुष्टि गरेको छ। यसअघिको सेप्टेम्बर त्रैमासिकमा पनि यो देशको जीडीपीमा ०.३ प्रतिशतले गिरावट आएको थियो। यसले मन्दीको संकेत गर्छ।

Esewa
Crest

एनजेडका अनुसार न्युजिल्यान्डले पछिल्लो ५ त्रैमासमध्ये चारमा नकारात्मक जीडीपी तथ्यांक प्रस्तुत गरेको छ। पछिल्लो १८ महिनामा न्युजिल्यान्डको यो दोस्रो मन्दी हो। यसको वार्षिक वृद्धिदरको कुरा गर्दा ०.६ प्रतिशतमात्रै बढेको छ। पछिल्लो ५ त्रैमासमा प्रतिव्यक्ति तथ्यांकमा औसत ०.८ प्रतिशतले गिरावट आएको छ।

रेकर्ड माइग्रेसनले दक्षिण प्रशान्त राष्ट्रको अर्थतन्त्रलाई उकास्न मद्दत गरेको छ। सन् २०२३ मा १ लाख ४१ हजार नयाँ आगमनको रेकर्ड शिखरमा पुग्यो। जनसंख्या नबढ्दा यो देशको अर्थतन्त्र तीव्रगतिमा ओरालो लागेको छ। नियमनमन्त्री डेभिड सेमोरले वर्तमान आर्थिक अवस्थाका कारण देशको आगामी बजेटमा कटौती हुने र सरकारी कर्मचारीको संख्या घट्ने बताए। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

58%
sad

दु :खी

0%
amazed

अचम्मित

8%
excited

उत्साहित

8%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS