IME Life New

यो देशका ८९% परिवारसँग छ कार, शीर्ष १० मा कुन-कुन देश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा पछिल्लो समय कार चढ्नेको संख्या विस्तारै उकालो लागिरहेको छ। यद्यपि, विदेशीबाट आयात गर्नुपर्ने भएकोले भन्सार महसुल बढी रहेकोले मध्य आय भएका परिवारको कार चढ्ने रहर पूरा हुन मुश्किल देखिन्छ। त्यसैले नेपालमा कारलाई विलासिताको वस्तुमा राखिएको छ।

विश्वमा केही यस्ता देश पनि छन्, जहाँ प्रायः परिवारसँग कार रहेको छ। आफ्नै साधन हुँदा आवत–जावतमा सजिलो हुने भएकोले पनि विदेशमा कारको प्रयोग निकै बढेको छ।

Esewa
Crest

वर्ल्ड स्ट्याटेटिक्सले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वमा १० वटा यस्ता देश छन्, जहाँ ७० प्रतिशतदेखि करिब ९० प्रतिशत परिवारसँग कार रहेको छ। तथ्यांकअनुसार शीर्ष स्थानमा इटाली रहेको छ। यो देशका ८९ प्रतिशत परिवारसँग आफ्नै कार रहेको छ।

यसैगरी दोस्रो स्थानमा विश्वकै ठूलो अर्थतन्त्र अमेरिका रहेको छ। अमेरिकाका ८८ प्रतिशतसँग कार रहेको छ।

तेस्रो जमर्नी रहेको छ। यो देशका ८५ प्रतिशत परिवारसँग कार रहेको छ। फ्रान्स र दक्षिण कोरियाका ८३ प्रतिशत परिवारसँग पनि कार रहेको छ।

यस्ता छन् अन्य देश (परिवार प्रतिशतमा)

  • जापानः ८१ प्रतिशत
  • स्पेनः ७९ प्रतिशत
  • ग्रिसः ७६ प्रतिशत
  • बेलायतः ७४ प्रतिशत
  • इजरायलः ७१ प्रतिशत

त्यसो त विश्वकै दोस्रो अर्थतन्त्र चीनमा भने आफ्नै कार भएका परिवारको संख्या निकै कम देखिएको छ। चीनमा १७ प्रतिशत परिवारसँग मात्रै कार रहेको छ।

छिमेकी मुलुक भारतमा आफ्नै कार हुने परिवारको संख्या न्यून नै रहेको छ। त्यहाँ ६ प्रतिशत परिवारसँग मात्रै आफ्नै कार रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS