IME Life New

यो कम्पनीले २५ वर्षमा दियो २५००००% रिटर्न, बजार पुँजी पनि माइक्रोसफ्ट र एप्पल नजिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। अमेरिकी शेयर बजारमा बिहीबार ठूलो गिरावट आएको थियो। तर, एआई चिप निर्माता एनभिडियाको शेयरभाउ ९ प्रतिशतभन्दा बढीले बढेको थियो। यो वृद्धिसँगै कम्पनीको कुल बजार पुँजीकरण २.५५३ ट्रिलियन डलर पुगेको छ।

एनभिडिया बजार पुँजीकरणका आधारमा विश्वको तेस्रो ठूलो कम्पनी हो। त्योभन्दा माथि माइक्रोसफ्ट र एप्पल छन्।एनभिडिया अब एप्पललाई पछि पार्न केही कदममात्र टाढा छ। एप्पलको बजार पुँजीकरण २.८६५ ट्रिलियन डलर छ भने माइक्रोसफ्ट ३.१७३ ट्रिलियन डलरको साथ शीर्ष स्थानमा छ।

Esewa
Crest

एनभिडिया सन् १९९९ मा अमेरिकी शेयर बजारमा सूचीकृत भएको कम्पनी हो। यो २५ वर्षको अवधिमा कम्पनीको शेयरभाउ लाख ४५ हजार प्रतिशतले बढिसकेको छ। यदि त्यतिबेला एक लगानीकर्ताले १ लाख डलर लगानी गरेर होल्ड गरेर बसेको भए आज उसको लगानीको भ्याल्यु २४.५ करोड डलर हुन्छ।

एआई चिप बजार पछिल्ला केही वर्षमा धेरै गुणा बढेको छ। आज एआई चिप बजारमा एनभिडियाको शेयर करिब ९५ प्रतिशत छ। एनभिडियाको स्थापना सन् १९९३ मा ताइवानमा जन्मेका जेन्सेन हुआंगले गरेका थिए। उनको अहिले यो कम्पनीमा ३.५ प्रतिशत शेयर स्वामित्व रहेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS