IME Life New

यूनियन लाइफ इन्स्योरेन्सले गर्यो चमत्कार १८० दिनमा १ अर्ब ६ करोड बीमाशुल्क आर्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

चालु आर्थिक वर्षको दोश्रो त्रैमशिक अबधिमा युनियन लाईफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क आर्जन १ अर्ब ५ करोड ९७ लाख आर्जन गरेको छ । सो अबधीमा कम्पनीले ६ करोड १६ लाख भन्दा धरै मुनाफा समेत आर्जन गर्न सफल भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाशिकमा युनियन लाईफ इन्स्योरेन्सले कुल बीमा शुल्क आर्जन ४२ करोड ४६ लाख ४४ हजार गरेको थियो, कम्पनीले पछिल्लो ३ महिनाको अबधीमा मात्र २७ हजार ७ सय ४० ओटा नयाँ बीमालेख मार्फत ६८ करोड भन्दा धरैको बीमा शुल्क आर्जन गर्न सफल भएको छ जुन बीमा क्षेत्रमै ऐतिहासिक रहेको कम्पनी श्रोतले जनाएको छ।

कम्पनीले पछिल्लो ३ महिनाको अबधीमा मात्र २७ हजार ७ सय ४० ओटा नयाँ बीमालेख मार्फत ६८ करोड भन्दा धरैको बीमा शुल्क आर्जन गर्न सफल भएको छ जुन बीमा क्षेत्रमै ऐतिहासिक रहेको कम्पनी श्रोतले जनाएको छ।
बीमा शुल्क जीवन बीमा कम्पनीहरुको ब्यबसायको मुख्य आधार हुने हुदा कम्पनीले अन्य वित्तीय शुचकमा समेत छलांग मार्न सफल भएको छ। कम्पनीको जिबन बीमा कोष समेत १ अर्बको हाराहारीमा (९५ करोड ३३ लाख ) पुगेको देखिन्छ, भने कम्पनीले आफ्नो जगेडा कोषमा १४ करोड ८१ लाख जम्मा गरेको छ।

Esewa
Crest

युनियन लाईफ इन्स्योरेन्सको कुल कायम बीमालेख संख्या १ लाख १९ हजार १ सय ३ रहेको जनाएको छ, कम्पनीको महा-बिपत्ति जगेडा कोषमा १ करोड ६४ लाख जम्मा गरेको छ।

कम्पनीको प्राथमिकता: छिटो छरितो दाबी भुक्तानी
कम्पनीले संचालनको अबधि देखि अहिले सम्म ३६ ओटा बीमा योजनामा दाबी भुक्तानी गरेको छ, कम्पनी संचालनको अबधि देखि अहिले सम्म २ करोड ६१ लाख २७ हजार दाबी भुक्तानी गरेको छ। कम्पनीको दाबी भुक्तानी गर्नुपर्ने बाँकि दाबीहरु नरहेको कम्पनीले जारी गरेको वित्तीय विवरणमा देख्न सकिन्छ।

छोटो समयमा ऐतिहासिक प्रगति
गत आर्थिक वर्षको असोज ६ गतेबाट व्यावसायिक रुपमा कारोबार सञ्चालन गरेको जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्सले छोटो समयमा नै निकै राम्रो व्यवसाय गर्न सफल भएको छ। स्थापनाको समयबाट नै आक्रामक बजार विस्तार गर्न सफल कम्पनीले गत आर्थिक वर्ष संचालनको ९ महिनाको अबधिमा ८६ करोड ५० लाख ५६ हजार प्रथम बिमा शुल्क आर्जन गरि बीमा क्षेत्रमा इतिहास रचेको थियो । पछिल्लो समय कम्पनीले १८० दिनमा करिब १ अर्ब ६ करोड बीमाशुल्क आर्जन गरि ब्यबसाय संगै बिमंकीय सूचकमा समेत उल्लेख्य प्रगति गर्न सफल भएको छ । जुन बीमा क्षेत्रकै ऐतिहासिक देखिन्छ ।

सर्वसाधारणको लागि ६४ करोड ५० लाखको शेयर निष्काशनको तयारी
दुई अर्ब १५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले बीमा समितिले तोकेको पूँजी पुर्याउन ६४ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि कम्पनीले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरिसकेको छ। कम्पनीले निष्काशन गर्ने लागेको आईपिओको रेटिङ्ग गरिसकेको छ, इन्स्योरेन्सले निष्काशन गर्ने आईपिओलाई रेटिङ्ग कम्पनी इक्रा नेपालले इक्रा एनपि आईपिओ ग्रेड ४ प्लस प्रदान गरेको हो ।

कम्पनीको वित्तीय विवरण:
http://unionlife.com.np/public/uploads/source/union_life_insurance_2nd_quarterly_3x50cc.pdf

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS