IME Life New

यूनियन लाइफ इन्स्योरेन्सको दुई नम्बर प्रदेशको नायब क्षेत्रीय प्रमुखमा इन्द्र राज सुबेदी नियूक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मुलुक संघिय प्रणालीमा गए संगै बीमा कम्पनीहरु पनि संघिय प्रणालीअनुसार कार्य सम्पादन तथा ब्यबसाय प्रबर्धनमा लागेका छन्, सोहि अनुरुप नयाँ तथा पुराना बीमा कम्पनीहरुले आफ्ना क्षेत्रीय कार्यालयहरु खोल्ने क्रम बढेको छ।

पछिल्लो समय बीमा क्षेत्रको आक्रामक तथा सफल कम्पनी यूनियन लाइफ इन्स्योरेन्सले पनि प्रादेशिक संरचना अनुसार काम संचालन गर्दै आएको , कार्य सम्पादन सहज तथा प्रभाकारी बनाउने क्रममा कम्पनीले प्रदेश नम्बर दुई को नायब क्षेत्रीय प्रमुखमा इन्द्र राज सुबेदी लाई नियूक्त गरेको जनाएको छ।
सात वर्ष अगाडी सिद्धार्थ बैंकबाट करियर सुरु गरेका सुबेदीले सिद्धार्थ बैंकका साथै ग्लोबल आइएमइ बैंकको सम्पर्क ब्यबस्थापक तथा ग्लोबल आइएमइ बैंककै रेमिटान्स विभागको भारत प्रमुखको रुपमा काम गरिसकेका छन् मार्केटिंगमा एमबिएगरेका सुबेदीको बैंकास्योरेन्स क्षेत्रमा बिशेष दखल रहेको

Esewa
Crest

सिद्धार्थ बैंक तथा ग्लोबल आइएमइ बैंकमा करिब वर्षकाम गरेका सुबेदी एक वर्ष अगाडी यूनियन लाइफ इन्स्योरेन्सको नारायणगढ शाखा प्रमुखको रुपमा बीमा क्षेत्रमा प्रवेश गरेका हुन् नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटी चितवन च्याप्टरको कोषाध्यक्ष समेत रहीसकेका सुबेदी पुंजी बजार तथा लगानी ब्यबस्थापनमा समेत सक्रिय रहदै आएका छन्

यूनियन लाइफ इन्स्योरेन्सले सात ओटै प्रदेशमा क्षेत्रीय कार्यालय खोलि सकेकोछ  गत आर्थिक वर्षको असोज गतेबाट व्यावसायिक रुपमा कारोबार सञ्चालन गरेको जीवन बीमा कम्पनी युनियन लाईफ इन्स्योरेन्सले छोटो समयमा नै निकै राम्रो व्यवसाय गर्न सफल भएको छ।

दुई अर्ब १५ करोड रुपैयाँ जारी पूँजी रहेको कम्पनीले बीमा समितिले तोकेको पूँजी पुर्याउन ६४ करोड ५० लाख रुपैयाँ बराबरको सर्बसाधारण शेयर निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS