IME Life New

यूनियन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नारायणगढ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको नारायणगढ शाखाले मृतकको परिवारलाई दाबी भुक्तानी स्वरुप ३१ लाख ३५ हजार रुपैयाँ प्रदान गरेको छ । कम्पनीको नारायणगढ शाखामा जीवन बीमा गरेका बीमीत नवीन बानियाँकी श्रीमती सरस्वती खत्रीलाई उक्त रकम भुक्तानी गरिएको कम्पनीले जनाएको छ ।

नारायणगढ शाखामा १५ लाखको सर्वाधिक जीवन बीमा गरेका नवीन बाँनियाको केही समय अघि मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । कम्पनीमा १५ लाख रुपैयाँ बीमांकको जीवन बीमा बाँनियाको परिवारलाई १५ लाख थप र बोनस सहित ३१ लाख ३५ हजार भुक्तानी गरिएको कम्पनीले बताएको छ ।

Esewa
Crest

बीमितको दाबी भुक्तानी गर्ने कार्यक्रममा भरतपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष बावुराम अधिकारी, नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाईटीका चितवनका अध्यक्ष भरत मल्ल, स्थानीय बुद्धिजिवी तथा यूनियन लाईफका अभिकर्ताहरु सहभागी थिए ।

कार्यक्रममा यूनियन लाईफ इन्स्योरेन्सका नयाव प्रदेश प्रमुख इन्द्रराज सुवेदीले आफ्नो कम्पनी छिटो छरितो दाबी भुक्तानी उपलब्ध गराउन प्रतिवद्ध रहेको जानकारी बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS