IME Life New

यूनियन लाइफद्धारा ४२ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको टीकापुर शाखाले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले एक कार्यक्रम आयोजना गर्दै मृतककको परिवारलाई ४२ लाख १२ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीका ७ नं. प्रदेश प्रमुख चन्द्र बहादुर बोहरा, उप–प्रदेश प्रमुख दोबन बहादुर रावल, शाखा प्रमुख अमित चौधरी र एजेन्सी म्यानेजर प्रेम बहादुर थ्याइत लगायतको टोलीले बिमितको घरमै, गेरुवा गा.पा. वडा नं. ३, शान्तिबजार बर्दियामा गई बिमितको हकवाला श्रीमती ममता कुमारी खत्री सोडारीलाई उक्त चेक रकम हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

बिमितले २०७५ असार ३१ मा २० लाख रुपैयाँको बार्षिक अग्रिम भुक्तानी जीवन बिमा बीमालेख लिएको थियो । बिमितको गत चैत्र २ गते मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो ।कम्पनीको प्रदेश प्रमुख चन्द्र बहादुर बोहराले बर्तमानको सानो बचतले भविष्यको ठुलो आर्थिक जोखिम बहन गर्ने भएकोले हरेक परिवारमा जीवन बीमा अनिवार्य भएको कुरा प्रस्ट्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS