IME Life New

यूनियन लाइफद्धारा ११ लाख ३४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

झापा । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धुलाबारी शाखाले आज एक कार्यक्रम गरि बीमा दाबी भूक्तनी गरेको छ । गत मंसिर ६ गते कोभिड १९ का कारण निधन भएकी जानुका निरौला नेपालकोे परिवारलाई ११ लाख ३४ हजार रुपैया मृत्यु दाबी भूक्तानी गरेको हो ।

मुतककै घरमा आयोजित एक कार्यक्रमका विच मेचीनगर नगरपालिका वडा न. १० का वडा अध्यक्ष सुदय कुमार पनेरु तथा कम्पनीका धुलाबारी शाखा प्रबन्धक गोपाल दाहालले संंयुक्त रुपमा स्व. नेपालका श्रीमान दिपक नेपाललाई चेक हस्तान्तरणर गरे ।

Esewa
Crest

कार्यक्रमका प्रमुख अतिथि तथा वडाअध्यक्ष पनेरुले भौतिक क्षति अतिनै असह्य भएतापनि यसरी गरिने दाबी भूक्तानीले परिवारलाई आर्थिक रुपमा मल्हमको काम गर्ने बताउदै कम्पनीलाई धन्यबाद ज्ञापन गरे ।

साथै, उनले आर्थिक क्षमता अनुसार सबैले जीवन बीमा गर्नु आवश्यक भएको बताउँदै वडा तथा नगरले बीमा सचेतनाका लागि कम्पनीसंग आगामी दिनमा सहकार्य समेत गर्ने बताए ।

कार्यक्रममा झापा कै काकरभिट्टा शाखाका शाखा प्रबन्धक दिपक पौडेल, ट्रिपल एमडिआरटी विजेता राजेश राउत लगायत स्थानीय बासीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS