IME Life New

यूनियन लाइफद्धारा मृतकको परिवारलाई ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले ५२ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले विश्वभर फैलिरहेको कोभिड १९ महामारीको कारण सरकाले लगाएको निषेधज्ञाको पालना गर्दै उक्त रकम मृतकको परिवारलाई हस्तान्तरण गरेको जनाएको छ । कम्पनीका गण्डकी प्रदेश प्रमुख टुल्कनाथ आचार्य , उपप्रमुख गणेश धमला लगायतको टोलीले मृतक बीमित पोखरा–१५ का देवराज न्यौपानेको घरमा पुगी सो रकम प्रदान गरेका हुन् ।

करिव १४ महिना अगाडी पोखरा नेटका सञ्चालक समेत रहेका न्यौपानेले ५० लाख रुपैयाको जीवन बीमा गर्दा करिव ३ लाख ६० हजार रुपैया यूनियन लाइफमा जम्मा गरेका थिए । ५० लाख विमाङ्कको बीमा गरेका न्यौपानेको गत चैत्र ३१ गते असमायिक निधन भएको थियो ।

Esewa
Crest

निधन पश्चात न्यौपानेकी श्रीमती हकवला शोभा तिम्लसेना न्यौपानेलाई कम्पनीका प्रतिनीधिहरुले ५२ लाख ८० हजार रुपैयाको चेक निजकै निवासमा पुगि प्रदान गरिएको कम्पनीले बताएको छ । सो अवसरमा चेक ग्रहण गर्दै हकवला न्यौपानेले बीमा गरे पनि बीमा कम्पनीले दिने सेवा सुविधाप्रति आफु यसअघि विश्वस्त नभएको र कम्पनीले घरमै आएर सो रकम प्रदान गरेकोमा धन्यवाद दिदैं उक्त रकम सहि सदुपयोग गर्ने बताइन् ।

कंम्पनीका गण्डकी प्रदेश प्रमुख आचार्यले बीमा सुुख दुःखको साथी भएको वताउँदै भौतिक शरिरको अनुपस्थितीमा हुने आर्थिक क्षतीलाई बीमाले न्युनिकरण गर्ने बताउदै प्राप्त रकम सही सदुपयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS