IME Life New

यूनियन लाइफद्धारा बीमितको परिवारलाई बीमा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले मृत्यु दाबी भुक्तानी गरको छ । कम्पनीको बेसीशहर शाखा कार्यालयमा एक कार्यक्रम आयोजना गरि मृत्यु दाबी भुक्तानी रकम वापतको १४ लाख रुपैयाँ बराबरको चेक रकम बीमितको परिवारलाई हस्तान्तरण गरेको हो ।

कम्पनीले लमजुङको मस्र्याङ्दी गाउँपालीका वडा नम्बर ९ स्थायी घर भई बैदेशीक रोजगारीको क्रममा साउदी अरबमा कार्यरत रहेका मृतक बसन्त बहादुर थापाको परिवारलाई सोे चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

कम्पनीले थापाको परिवारलाई बीमाङ्क दाबी रकम १० लाख रुपैयाँ, क्रिया खर्च वापतको रकम १ लाख रुपैयाँ , शब नेपाल ल्याउदा भएको खर्चको वापत १ लाख रुपैयाँ, आय नोक्सानी वापतको १ लाख रुपैयाँ गरी १४ लाख रुपैयाँ बराबरको चेक रकम प्रदान गरेको हो । मृतक थापा नेपाल आर्मीमा १६ बर्ष कार्यरत रहि सेवा निवृत भएपछि बैदेशिक रोजगारीको क्रममा विगत ४ बर्षदेखी साउदी अरेबीयामा कार्यरत थिए ।

उक्त रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आस गुरुङ, कालिका सहकारिका प्रमुख कार्यकारी अधिकृत वेदराज खनिया, व्यवसायी राजकुमार रम्तेल, जीवन दनाई, परशुराम नेउपाने, सागरबाबु श्रेष्ठ, सीता श्रेष्ठ लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS