IME Life New

यूद्धले घाटा चुलिएपछि रु १२७ मै उद्योग बेचेर रूसबाट बाहिरियो निसान मोटर्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निशान मोटर्स कम्पनी लिमिटेडले रुसमा रहेको आफ्नो व्यवसाय १२७ रुपैयाँ ९ ०.९७ अमेरिकी डलर० को लागि सरकारी स्वामित्वमा रहेको संस्थालाई हस्तान्तरण गर्ने छ । विश्वव्यापी कम्पनीले देशबाट पछिल्लो महँगो निकासीमा करिब ९० अर्ब १५ करोड
अर्थात् ६८७ मिलियन अमेरिकी डलर घाटा बेहोरेको छ।

जापानी अटोमेकरले निसान म्यानुफ्याक्चरिङ रसिया एलएलसीको शेयर सरकारी स्वामित्वमा रहेको एनएमआइलाई हस्तान्तरण गरेको छ। यस सम्झौताले निसानलाई छ वर्षभित्र आफ्नो व्यापार पुनः फिर्ता खरिद गर्न सक्ने अधिकार दिने रुसको उद्योग तथा व्यापार मन्त्रालयले जनाएको छ।

Esewa
Crest

निसान सम्झौता ूउद्योगका लागि ठूलो महत्त्वको थियो, रसियाका उद्योग र व्यापार मन्त्री डेनिस मान्टुरोभले एक विज्ञप्तिमा भने।

यो सम्झौताले निसानलाई फेब्रुअरीदेखि रूस छोड्ने सबैभन्दा नयाँ प्रमुख कम्पनी बनाउनेछ। युक्रेनसँग जारी यूद्धका कारण धेरै गाडी उत्पादकले रुस छोडेका छन् । फक्सवागन सहित केही कम्पनीले रूसमा आफ्नो सञ्चालन रोकेको थियो।

निसानको शीर्ष सेयरहोल्डर, फ्रान्सेली अटोमेकर रेनोले पनि मे महिनामा रूसी कार निर्माता एभटोभाजमा आफ्नो बहुमत सेयर एक रूसी लगानीकर्तालाई बेचेको थियो।

एनएमआइलाई बिक्रीमा सेन्ट पिटर्सबर्गमा निसानको उत्पादन र अनुसन्धान सुविधाहरू साथै मस्कोमा यसको बिक्री र मार्केटिङ केन्द्र समावेश हुनेछ, मन्त्रालयले भन्यो।

निसानले लगभग १०० अर्ब येन ९६ सय ८७ मिलियन डलर० को असाधारण नोक्सान हुने अपेक्षा गरेको तर मार्चमा अन्त्य हुने आर्थिक वर्षको लागि आफ्नो आम्दानीको पूर्वानुमान कायम राखेको बताएको छ ।

निसानको ४३ प्रतिशत स्वामित्व भएको रेनोले जापानी साझेदारको निर्णयले सन् २०२२ को दोस्रो आधामा ३ सय ३१ मिलियन युरो पुग्ने अनुमान गरेको छ।

निसानले आपूर्ति श्रृंखला अवरोधका कारण मार्चमा आफ्नो सेन्ट पिटर्सबर्ग प्लान्टमा उत्पादन स्थगित गर्यो। तर बाहिरी वातावरणमा परिवर्तनको कुनै संभावना नभएपछि बाहिरिने निर्णय गर्न प्रेरित गर्यो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%
happy

खुसी

75%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS