IME Life New

यूएई घुम्न जाने पर्यटकलाई सुखद् खबर, भिसामै स्वास्थ्य बीमा सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले भिसाका लागि आवेदन दिँदा पर्यटकलाई स्वास्थ्य बीमा प्राप्त गर्न मद्दत गर्ने नयाँ परियोजना घोषणा गरेको छ।

पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षाका लागि संघीय प्राधिकरण (आईसीपी) ले पर्यटक भिसाका लागि स्वास्थ्य बीमा परिवर्तनात्मक परियोजनामध्ये एक रहेको जनाएको छ। यूएईको अंग्रेजी दैनिक खलिज टाइम्समा प्रकाशित समाचारअनुसार यस परियोजनाले पर्यटकलाई आईसीपी वेबसाइट वा एपमार्फत अनलाइन भिसा आवेदन गर्दा स्वास्थ्य बीमा प्राप्त गर्न मद्दत गर्नेछ।

Esewa
Crest

परियोजनाले इलेक्ट्रोनिक प्लेटफर्ममार्फत स्वास्थ्य बीमा प्रक्रियालाई स्वचालित गरी पर्यटकको आपतकालीन स्वास्थ्य कभरेज प्रदान गर्न खोजेको छ। यस प्लेटफर्मले यूएईमा सबै प्रमुख बीमा कम्पनीबाट बीमा प्याकेजहरुको मूल्य निर्धारण र जारी गर्ने कार्य ह्यान्डल गर्नेछ।

‘सबै पर्यटकका लागि बीमा कभर हुनु भनेको एक अप्रत्याशित चिकित्सा आपतकालीन अवस्थामा उनीहरुको अस्पतालमा भर्नाका लागि कभर गरिनेछ भन्ने आश्वासन हो’, पेट्रा इन्स्योरेन्स ब्रोकर्सका प्रबन्ध साझेदार रामजी घुरानीले खालिज टाइम्सलाई भने, ‘यसले यूएईका सरकारी र निजी अस्पताललाई पर्यटकका लागि आपतकालीन बिल तिर्न नपर्ने कुरा सुनिश्चित गर्दछ।’

यूएईका बीमा विज्ञहरुले पनि स्वास्थ्य बीमा क्षेत्रमा चालिएको यस कदमलाई स्वागत गरेका छन्। ‘यसले पर्यटकका लागि राम्रो अनुभव ल्याउनेछ’, उनीहरुले भनेका छन्, ‘बिदाका समयमा घुम्न जाने राम्रो गन्तव्यका रुपमा यूएईलाई स्थापित गर्नेछ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS