IME Life New

युवा सँग महालक्ष्मी लाईफ कार्यक्रम तनहुँ जिल्लामा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण गर्ने सिलसिलामा नवौँ जिल्लामा कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नवौ जिल्लाको रुपमा तनहुँमा पनि कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ जिल्लाको सदरमुकाम दमौली स्थित दमौली कलेजमा आज सम्पन्न भएको “युवा संग- महालक्ष्मी लाईफ” बीमा जागरण कार्यक्रममा स्नातक तहका ९३ जना विद्यार्थीको सहभागिता रहेको थियो । कलेजका डाइरेक्टर महेन्द्र न्यौपानेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा स्वागत मन्तव्य कम्पनीका एजेन्सी म्यानेजर तथा जागरण अभियानका केन्द्रिय सदस्य राजु ढकालले दिएका थिए ।

Esewa
Crest

दमौलीका कार्यलय प्रमुख माधव न्यौपानेले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा सहभागि विद्यार्थीहरुलाई कम्पनीका अधिकृतहरु प्रशान्तराज धमला र अखिल धमनाले बीमा सम्बन्धी प्रशिक्षण दिएका थिए ।  त्यसै गरी तनहुँ जिल्ला भरी बीमा जागरण अभियानलाई प्रभावकारी रुपमा संचालन गर्नको लागि प्राध्यापक तथा एजेन्सी म्यानेजर दयाराम कट्टेलको अध्यक्षतामा १५ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान तनहुँ जिल्ला कमिटि गठन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS