IME Life New

यूनियन लाइफको साधारणसभा सम्पन्न, साढे ६४ लाख कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बुटवल । यूनियन लाईफ इन्स्योरेन्स कम्पनीको दोस्रो बार्षिक साधारणसभा पुस ४ गते सम्पन्न भएको छ । रुपन्देहीको भैरहवामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट पेश भएको २०७४।०७५ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा एनएफआरएस बमोजिमको वित्तीय विवरणहरु पारित गरेको जनाएको छ ।

साधारणसभाले सञ्चालक समितिले पेश गरेको आईपिओ निष्काशन प्रक्रिया अघि बढाउने सहमति प्रदान गरेको सो बीमा कम्पनीले जनाएको छ । साधारणसभाले जारी पुँजि दुई अर्ब १५ करोड मध्येबाट ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ ।

Esewa
Crest

वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष सुलभ अग्रवालले नयाँ कम्पनी भएर पनि यूनियन लाईफले प्रशंसायोग्य प्रगति गरेको बताउँदै आगाामी दिनमा प्रभावकारी योजनासहित नागरिकको भरोसायोग्य कम्पनी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिृकत मनोज कुमारलाल कर्णले जीवन बीमा बजारमा युनियन लाईफले गौरवपूर्ण उपस्थिति दर्शाएको बताउँदै आगामी दिनमा पनि शेयर सदस्यहरुबाट सहयोग प्राप्त भइरहने विश्वा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS