IME Life New

यूनियन लाइफद्धारा मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

झलारी । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बापतको बीमा दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले मृतकको परिवारलाई बीमा वापतको पाँच लाख २२ हजार पाँच सय रकम हस्तातरण गरेको हो ।

२०७४ भदौँ ४ मा उनका श्रीमान तुलाराम डगौंराको मृत्यु भएको थियो । मृतक डगौँराको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय झलारीमा २०७६ बैशाख १० गते बीमालेख नं. ७०५००००४२० अन्तर्गत ५ लाख बीमाङ्कको बीमालेख जारी गरिएको थियो ।

Esewa
Crest

बीमा गराउदाको पहिलो किस्ता मात्रै भुक्तानी भएको अवस्थामा पनि बीमितको कालगतीका कारणले मृत्यु भएको हुँदा बीमाको नियमानुसारको बिमाङ्क र बोनस सहितको रकम हस्तान्तरण गरिएको शाखा कार्यालय झालारीका प्रमुख राजेन्द्र प्रसाद अवस्थीले बताए ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ की मालती देवी डगौँरालाई बुधवार युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा झलारीले उक्त रकमको चेक हस्तातरण गरेको हो ।

कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय झलारीका प्रमुख राजेन्द्र प्रसाद अवस्थीको सभापतित्वमा आयोजना गरिएको कार्यक्रममा कम्पनीका सिनियर एजेन्सी मेनेजर नरेन्द्र प्रसाद जोशी, अम्बिका जोशी, एजेन्सी मेनेजर गीता देवी शाहु, दिलमाया शाही लागयतको सहभागीता रहेको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS