IME Life New

युनिक नेपाल लघुवित्तको साधारण सभा पुस १० गते, यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको मंसिर ११ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको दोश्रो वार्षिक साधारण सभा पुस १० गते शुक्रबार, म्याक्स होटेल, कोहलपुर, बाँकेमा बिहान १०ः४५ बजेबाट भर्चुअल माध्यममार्फत् सञ्चालन हुनेछ ।

सभामा कम्पनीले निष्कासन गर्न लागेको साधारण शेयर सम्बन्धी कार्यहरु अनुमोदन गरिनेछ । संस्थाले २ करोड ७० लाख रुपैयाँ बराबरको प्रति शेयर एक सय रूपैयाँ अंकित मूल्य दरका २ लाख ७० हजार कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

Esewa
Crest

संस्थाले साधारण शेयर  निष्कासन तथा बिक्रीका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

यस्तै, घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड मर्जरमा जाने भएका छन् । दुवै संस्थाले एक आपसमा गाभिने सम्बन्धि सहमति पत्रमा हस्ताक्षर गरिसकेका छन् ।

त्यसैगरी, सभामा बन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कल इन एडभान्सलाई हकप्रद शेयरमा रुपान्तरण गर्ने, प्राप्ति वा मर्जरको अख्तियारी सञ्चालक समितिलाई दिने, सञ्चालक समितिका सदस्यको चयन अनुमोदन गर्ने, आर्थिक विवरण तथा लेखापरीक्षक विवरण र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायतका एजेन्डाहरू रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS