IME Life New

युनाईटेड इन्स्योरेन्सले कुल बीमा शुल्क ४४ प्रतिशतले बढाउँदा , अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं : युनाईटेड इन्स्योरेन्सले आर्थिक वर्ष (७६/७७ ) को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा कम्पनीले ५१ करोड २१ लाख कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले ३५ करोड ५५ लाख कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क रकम ४४ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै खुद बीमा शुल्क आर्जन रकम ४ प्रतिशतले वृद्धि हुँदै २४ करोड ७१ लाख पुगेको छ।

खुद मुनाफामा भने निकै ठूलो गिरावट आएको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीलले ४ करोड २६ लाख खुद मुनाफा गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा नाफा ४४ प्रतिशतले कम हो।  अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले ७ करोड ५५ लाख खुद मुनाफा गरेको थियो ।

Esewa
Crest

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी ५ रुपैयाँ ५३ पैसा छ भने किताबी मूल्य १४५ रुपैयाँ ६० पैसा रहेको छ।  त्यस्तै मूल्य आम्दानी अनुपात ५५ गुणा छ।

तेश्रो त्रैमास सम्म कम्पनीले १६ करोड ५३ लाख कुल दावी भुक्तानी गरेको छ भने १० करोड ३४ लाख खुद दावी भुक्तानी गरेको छ।  भुक्तानी हुन् बाँकी दावी रकम ४२ करोड ५९ लाख रहेको छ।

२४० प्रतिशत हकप्रद शेयर निस्काशन गरे पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड पुगेको छ।  जगेडा कोष ४० प्रतिशतले वृद्धि हुँदै ११ करोड ४४ लाख छ भने बीमा कोषमा ३४ करोड ७४ लाख रुपैया रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS