IME Life New

युनाइटेड इन्स्योरेन्सको शेयर बेचेर बंगलादेशबाट बाहिरिंदै बेलायती कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा र वित्त कम्पनीमा लगानी गरेको बेलायती समूह डंकन ब्रदर्स बंगलादेशबाट बाहिरिने भएको छ। यसले बंगलादेशी निर्जीवन बीमक युनाइटेड इन्स्योरेन्स र युनाइटेड फाइनान्स दुबै कम्पनीमा आफ्नो स्वामित्वमा रहेको शेयर बेचेर लगानी फिर्ता लैजाने घोषणा गरेको छ।

डंकन ब्रदर्स (बंगलादेश) लिमिटेड सम्बद्ध श्रोतलाइ उद्घृत गर्दै द बिजनेश स्टाण्डर्ड बंगलादेशले लेखेको,स्रोतले पुष्टि गरेका छन् कि बंगलादेशी “प्रख्यात व्यापारिक समूह” ले यी शेयरहरू खरिद गर्न दुईवटा खरिद सम्झौतामा हस्ताक्षर समेत गरि सकेको छ।

Esewa
Crest

डङ्कन ब्रदर्सका एक अधिकारीले नाम न छाप्ने सर्तमा हालैका वर्षहरूमा बीमा तथा गैर-बैंक वित्तीय संस्था (एनबीएफआई) को व्यवसायीक वातावरण खस्किँदै गएकाले बाहिरिने निर्णय गर्न बाध्य भएको प्रतिकृया दिएको बिजनेश स्टाण्डर्डले उल्लेख गरेको छ।

बंगलादेशमा नियामकको क्षमताभन्दा अधिक संख्यामा बीमा तथा वित्तीय संस्था रहेकाले प्रभावकारी नियमन हुन नसक्दा अनियमितताका कारण यस क्षेत्रप्रति जनताको विश्वास घटेको छ ।

बंगलादेशमा अझै पनि ३४ वटा वित्तीय संस्था र ४६ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् ।

२९ अक्टोबरमा, डन्कन ब्रदर्स र यसका सहयोगीहरूको प्रतिनिधित्व गर्ने युनाइटेड फाइनान्स र युनाइटेड इन्स्योरेन्सका सञ्चालक समितिले दुबै कम्पनीको सम्पूर्ण होल्डिङ बेच्ने निर्णय गरेका थिए। यो निर्णय पछि स्थानीय लगानीकर्तासँग ३० अक्टोबरमा शेयर खरिद सम्झौता भएको द बिजनेस स्ट्यान्डर्डले उल्लेख गरेको छ।

युनाइटेड फाइनान्स र युनाइटेड इन्स्योरेन्सको सेयरहोल्डिङ रिपोर्टका अनुसार, बेलायतमा रहेको क्यामेलिया ग्रुपको सहायक कम्पनी डंकन ब्रदर्स र लरी ग्रुपलगायत यसका सहयोगीले युनाइटेड फाइनान्समा ३४.९१% अर्थात् ६.५३ करोड शेयर राखेका छन् र ५३.२३% बराबरको युनाइटेड इन्स्योरेन्समा २.३६ करोड शेयर लगानी गरेका छन्।

ढाका स्टक एक्सचेन्जमा बिहीबारसम्म युनाइटेड इन्स्योरेन्सको सेयर ४१.७० रुपैयाँमा कारोबार भएको थियो । युनाइटेड फाइनान्सको सेयर १५.७० रुपैयाँमा कारोबार भएको थियो । यी मूल्यहरूको आधारमा, सम्झौताको अनुमानित मूल्य लगभग करिब २ अर्ब बंगलादेशि टाका बराबरको हुनेछ।

डंकन ब्रदर्श १५० वर्ष पुरानो व्यवसायीक घराना हो । यसले शुरूवातमा चिया उद्योग सञ्चालन गरेको थियो। कम्पनीले युनाइटेड इन्स्योरेन्स र युनाइटेड फाइनान्स स्थापना गरेर विविधीकरण गर्न थालेपछि सन् १९८५ सम्म चिया यसको मुख्य व्यवसाय नै रह्यो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS